अर्थ राजनीति ~ एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुन नियुक्त भएका छन्। चार बर्षअघि चैतबाट प्रमुख कार्यकारी भएका केसीलाई चार बर्षका लागि पुन नियुक्त गरिएको हो। केसी चार बर्षअघि एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए। ३१ बर्ष बैंकिङमा बिताएका केसीले तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर सुरु गरेका थिए। सन् २००८ मा उनी फाइनान्सियल मार्केट हेड भएपछि एनएमबीमा नायव महाप्रबन्धकका रुपमा छिरेका थिए भने केही बर्षपछि नै उनलाई बैंकले नायव प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। त्यसपछि उनी प्रमुख कार्यकारीमा बढुवा भएका थिए। केसीले बैंकलाई ‘डिजिटलाइज्ड’ गर्दै अगाडि बढाइरहेका छन् । केसीकै पहलमा बैंकले भ्यालु एड बैंकिङको सुरुवात गरेको हो। केसीले भ्यालु बेस बैंकिङको माध्यमबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्दै आएका छन् ।
एनएमबि बैंकको सीइओमा सुनिल केसी चार बर्षका लागि पुन: नियुक्त
