पर्यटकीय गन्तव्यहरुमा अन्तरिक पर्यटकको महत्व

Machchapuchchre

अर्थ राजनीति  ~  कोभिड-१९ पछिको पर्यटन क्षेत्र कस्तो छ ? पर्यटकीय गन्तव्यहरुमा कसरी गतिविधि भइरहेका छन् ? भन्ने  बारे सुदूरपश्चिम प्रदेश र पोखराका पर्यटन व्यवसायीले बिहीबार पोखरामा अनुभव साटासाट र छलफल गरेका छन् । सुदूरपश्चिम पर्यटन पुनरुत्थान समिति, नेपाल टुर्स एण्ड ट्राभल्स् एजेन्ट्स नाट्टा, होटल संघ, पर्यटन बोर्डको नेतृत्वमा पोखरा आइपुगेका र पोखराका यही क्षेत्रका पर्यटन व्यवसायीले अझै १/२ वर्ष आन्तरिक पर्यटन नै चलायमान बनाउनुको विकल्प नभएको निश्कर्ष निकालेका छन् । तालैतालको सुन्दर पाटन खप्तड होस् वा शुक्लाफाँट वन्यजन्तु आरक्ष होस्, पर्यटनकको रोजाइमै पर्छ । अपी र सैपाल हिमालको काखमा रहेको घोडाघोडी ताल, कर्णाली पुल  जस्ता थुप्रै ठाउँ सुदूरपश्चिमका पर्यटकीय गन्तव्य हुन् । धार्मिक, सांस्कृतिक, ऐतिहासिक वैभव भएर पनि त्यसको सदुपयोग सुदूरपश्चिमले गर्न नसकेको नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टको भनाइ छ । देशकै दोस्रो पर्यटकीय सहरका रुपमा ख्याति कमाएको पोखरा र अन्नपूर्ण, धौलागिरि, मनासलु हिमाल तथा थुप्रै धार्मिक छेत्र  भएपनि त्यसको फाइदा उठाउन अझै नसकिरहेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि भट्टराईको अनुभव छ । आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीका संयोजक अग्नि कँडेलले आन्तरिक पर्यटनाई बलियो बनाउन सके कोभिडजस्ता माहामारीले असर गर्न नसक्ने बताएका छन् । कोभिड पछाडि प्रकतिसँग नेपाली पर्यटक आकषिर्त भइरहेकाले पर्यटन क्षेत्रलाई फेरि जीवन दिन सकिने आशा राख्न नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको आग्रह छ ।  पोखराले नेपाली अब घुम्न निस्किए भन्ने सन्देश दिएको बताउँदै सुदूरपश्चिमाञ्चलमा पनि आन्तरिक पर्यटक भित्राउने अभियान चलाउन सुझाव दिए । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले चुनौती भएकै बेला साहस गर्नुपर्ने बताउँदै पर्यटनमा अब सम्भावनाहरुको उजागर हुने बताए ।  जुनसुकै ठाउँमा पनि पर्यटक बोलाउन त्यो ठाउँमा के सुविधा छ, कहाँबाट कसरी जाने, कति खर्च लाग्छ भन्ने जस्ता कुराका जानकारी र प्याकेजले महत्वपूर्ण योगदान पुर्‍याउने नेपाल पर्यटन बोर्ड पोखराका निर्देशक विमल कडेंलले  सुझाव दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्