शेरबहादुर देउवा भन्छन् मुद्दा अदालतमा विचाराधीन छ, केहि नगरौ

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने भए अदालत नै नचाहिने भन्दै उनले तर्क दिए । प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ इंगित गर्दै उनले अदालतलाई यही गर भन्न नमिल्ने बताए । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया कार्यक्रममा सभापति देउवाले त्यस्तो काम हुदैन र गर्दैनौं भनि स्पष्ट पारे ।  साथै  अदालतको कुरामा हामी केही नगरौं भन्दै आफ्नो विचार राखे । चुनावले प्रजातन्त्र कमजोर हुन्छ भन्ने आफू मान्न तयार नभएको समेत देउवाले बताए । संसद पुनर्स्थापना भएपनि डेढ वर्ष पछाडि चुनाव हुने भन्दै देउवाले संसद पुनर्स्थापना भए भूमिका खेल्ने अथवा  चुनाव भए चुनावमा जाने  बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्