भिजिट भिसामा विदेश जाने नेपालीलाई १५ लाखको बीमा अनिवार्य गर्दै अध्यागमन विभाग

Machchapuchchre

अर्थ राजनीति ~  भिजिट भिसामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ । पछिल्ला केही दिनयता भिजिट भिसामा जाँदा अनिवार्यरूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विषयमा भएको चर्चाको विषयमा गम्भीर ध्यानाकर्षण भएको अध्यागमन विभाग जनाइएको छ । विभागले विज्ञप्ति जारी गर्दै उक्त विषयमा कुनै पनि निर्णय नभएको भन्दै भ्रममा नपर्न अनुरोध गरेको छ ।विभागले भिजिट भिसामा विदेश जाने नेपालीलाई १५ लाख रुपैयाँ बराबरको जीवन बीमा भने अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय पासपोर्ट बनाउन नसक्ने नेपालीसमेत दलालको चङ्गुलमा परेर भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने गरेको गुनासोपछि बीमा अनिवार्य रहने गरी अध्यागमन कार्यविधि संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको विभागले जनाएको छ । जुनसुकै देशमा जाने  नेपालीले १५ लाख रुपैयाँ बराबरको बीमा गरेको प्रमाणपत्र पेश गरेपछि मात्र अनुमति दिने गरी विभागले कार्यविध संशोधन गर्न केही दिन अघि मात्र मन्त्रालयमा सिफारिस गरिएको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिएका छन् । विभागले पठाएको प्रस्तावका आधारमा मन्त्रीस्तरीय निर्णयबाट उक्त प्रस्ताव स्वीकृति गरेपछि कार्यान्वयनमा आउने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्