प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुखको अपिल

Artharajniti   ~  संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसले संसद्‍मा गरिरहेको अवरोधलाई हटाउने विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री र सभामुखबीच करिव ४५ मिनेट छलफल भएको थियो। सो क्रममा सभामुख घिमिरेले संसद्‍बाट विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा […]

क्रिकेटर लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउने सम्भावना

Artharajniti   ~  क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको हो । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन […]

” राजस्व परिचालनमा समस्या हो,अर्थतन्त्र कमजोर हैन।” Dr. Ramesh Paudel | Member – National Planning

अर्थ राजनीति ~ राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेश चन्द्र पौडेल र नेपाली टेलिभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम ” Banking Serophero ” का प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्धर्भिक कुराकानी : बाकि अंश हेर्नको लागि तल click गर्नुहोला –

” नेपालको पछिल्लो विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् ।  नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए । ‘राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक […]

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

Artharajniti  ~  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। नयाँ राजनीतिक परिस्थितिका कारण आफूले सरकारबाट बाहिरिने निर्णय गरेको यादवले बताएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजन भएपछि यादव प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट थिए। प्रचण्डसँगको आइतबारको भेटवार्तापछि नै यादवले सरकारबाट बाहिरिने बताएका थिए। यस्तै, जसपाका तर्फबाट वन तथा वातावरणमन्त्री रहेका दीपक कार्कीले पनि […]

सभामुख घिमिरेले बोलाए शीर्ष नेताहरूको बैठक

Artharajniti  ~  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका छन्। मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि बैठक बोलाएका हुन्। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका […]

प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा

Artharajniti   ~   उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा छन् भने दलको प्रतिनिधित्व गर्ने दुई मन्त्रीसहितका ७ सांसद नयाँ दलमा लागेका छन् । अब पार्टी अध्यक्षको समूहमा उनीसहित ५ सांसद छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको […]

जसपा फुटेपछि माधवले बोलाए संसदीय दलको बैठक

Artharajniti   ~  नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन […]

काठमाडौं फेरि बन्यो सबैभन्दा प्रदूषित सहर

Artharajniti  ~  काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रूपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो […]

मन्त्रिपरिषद् बैठक चार बजे बस्ने

Artharajniti  ~  बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेकी रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ ।  मन्त्री शर्माका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ । यसैबिच आजको […]