पशुपतिनाथको नाममा रहेको ९ रोपनी ९ आना जग्गा कब्जा

अर्थ राजनीति  ~  पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको ९ रोपनी ९ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौता विपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै […]

प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  निर्वाचन आयोगका पदाधिकारीबीच छलफल गरि   राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य पदको चुनावका लागि आवश्यक प्रक्रिया सुरू गर्न  आयोगलाई आग्रह गरेका छन्। आज सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग […]

‘पर्ख र हेर’को नीतिमा लोसपा: सरकारबारे तत्काल निर्णय नगर्ने

अर्थ राजनीति  ~  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ । सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन । हालसम्म प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने निर्णयमा नपुगेका लोसपा सत्ता गठबन्धनको गतिविधिलाई नजिकबाट […]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

अर्थ राजनीति   ~   सरकारलाई समर्थन गरेका ७ दलका नेताहरू आज बालुवाटारमा छलफलमा जुट्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक सुक्रबार बस्ने गरी बोलाएका छन्। यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले कुराकानी गरेका थिए। गत पुस १० गते […]

शेखर कोइराला पक्षको निष्कर्ष : सत्ता लिप्साका कारण गठबन्धन टुट्यो

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले गठबन्ध टुटेको निष्कर्ष निकालिएको बताए ।‘जुन खालको घटनाक्रम भयो त्यो दु:खद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता […]

संसद अधिवेशनका लागि सबै तयारी पूरा: संसद सचिवालय

अर्थ राजनीति  ~  सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते, सोमवार बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दिन सङ्घीय संसद्का दुवै सदनको अधिवेशन बोलाएको संसद्का प्रवक्ताले जानकारी दिएका छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसअनुसार उक्त दिन दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरिएको संसद्‌का प्रवक्ता रोजनाथ पाण्डेले […]

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल

अर्थ राजनीति  ~  *मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निवास खुमलटार पुग्नुभएको हो ।अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच एक्लाएक्लै छलफल भइरहेको छ । […]

“सरकार निर्माणबारे सभापतिले सल्लाह गरेनन्” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका सवालमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगर्दा आफू अपमानित महसुस गरेको बताएका छन्।पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा बोल्दै थापाले सरकार निर्माणका लागि सभापति शेरबहादुर देउवाले छलफलका लागि आफूहरू नबोलाएपछि अपमानित महसुस गरेर आएको बताएका हुन्।‘म पार्टीको निर्वाचित महामन्त्री हुँ। सांसद पनि हुँ। सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ […]

“राप्रपा सरकारमा जाँदैन, समर्थन मात्रै गर्छ ” : अध्यक्ष लिङ्देन

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी हाल सरकारमा नजाने बताएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताए । ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ’, नयाँबानेश्वरमा सञ्चारकर्मीसँग लिङ्देनले बताए ।

देउवाले दुवै पदबाट राजीनामा दिन कांग्रेस नेताको माग

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् ।सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उल्लेख गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता […]