नेपालीभाषीलाई अपमान गरेपछि भारतमा चर्कियाे आन्दोलन

Machchapuchchre

अर्थ राजनीति  ~ भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई “विदेशी ” भनी टिप्पणी गरेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका छन् । सिक्किमका छ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । साथै पछिल्लो आन्दोलन छिमेकी दार्जिलिङमा पनि सुरु भएको छ । प्रदर्शनकारीले सर्वोच्च अदालतले सिङ्गो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल सच्याउन सात दिनको समयसीमा दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमाली राज्य सिक्किममा मूलतः नेपाली, भुटिया र लेप्चा समुदायको बसोबास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्