राष्ट्रिय सभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृत नियुक्त

Artharajniti  ~  माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावको लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले पुस १६ गतेदेखि लागुहुने गरी राष्ट्रिय सभा निर्वाचनको लागि ७ जना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।  नियुक्त भएका निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा […]

नेपाल विद्युत प्राधिकरण : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद

Artharajniti  ~  डेडिकेटेड र ट्रंक लाइनबाट सेवा लिएबापत महसुल नबुझाएको भन्दै ९ ठूला उद्योगको लाइन काटेको नेपाल विद्युत प्राधिकरण सूचना संकलनदेखि उद्योगीको गतिविधि नियाल्नमा केन्द्रित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को निर्देशनपछि धमाधम लाइन काट्न थालेको प्राधिकरण उद्योगीदेखि राजनीतिक नेताहरुले टीओडी मिटरको रेकर्ड देखाउन दबाब दिएपछि औपचारिकरुपमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा लागेको हो। उसले बुधबार […]

प्रधानमन्त्री मन्त्री हेरफेरको प्रयासमा : सभापति देउवा अनिच्छुक

Artharajniti  ~  एक वर्षको अवधिमा सोचेअनुसार सरकारका विभागीय मन्त्रीहरूले काम गर्न नसकेको भाष्य निर्माण गरेर मन्त्रीहरूको कार्य सम्पादनमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री हेरफेरको प्रयासमा छन्। प्रधानमन्त्री दाहालले केही दिनयता मन्त्री परिवर्तन गरेर भए पनि अबका वर्ष जनताले महसुस गर्ने गरी सुशासन, विकास र सेवा प्रवाहमा सरकारले काम गर्ने दोहोर्‍याउँदै आएका हुन् । […]

अध्यक्ष रवि लामिछाने : “आक्रमण र मुद्दाले पछि हट्दिनँ “

Artharajniti  ~  रास्वपा अध्यक्ष रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् । शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् । खोया प्रहार गर्ने व्यक्ति र उनको परिवारलाई भेट्न आफू जाने सुनाउँदै उनले थपे, ‘न मुद्दा, न मामिला […]

अर्थतन्त्र लयमा आइरहेको अर्थमन्त्री महतको दाबी ‘निर्धक्क लगानी गर्दा हुन्छ’

Artharajniti   ~   अर्थमन्त्री डा. प्रकशशरण महत अर्थतन्त्र सुधारप्रति ढुक्क देखिएका छन्। कांग्रेसको वाग्मती प्रदेश सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले अब अर्थतन्त्रले लय लिने बताए। ‘अर्थतन्त्रले अब लय समात्छ। लगानीकर्ताले निर्धक्क लगानी गर्दा हुन्छ,’ उनले भने, ‘कांग्रेसका मन्त्रीहरूले इमानदारीपूर्वक काम गरेका छन्। अब सकारात्मक संवादको आवश्यकता छ।’ अर्थतन्त्रका सूचकहरुमा निरन्त सुधार रहेको उनले आफ्ना पार्टीका […]

” आन्तरिक अर्थतन्त्र जसरी चलायमान हुनुपर्ने हो त्यसरी हुन सकेन ” : राष्ट्रपति पौडेल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक अर्थतन्त्र जसरी चलायमान हुनुपर्ने हो त्यसरी हुन नसकेको धारणा व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शनिबार विराटनगरमा आयोजित नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको दोस्रो पदस्थापन समारोहमा आन्तरिक अर्थतन्त्र चलायमान हुन नसकेको बताएका हुन्। राष्ट्रपतिले कोभिड-१९ महामारीको प्रभावस्वरूप शिथिल भएको अर्थतन्त्रलाई पुनरूत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव परेको […]

सङ्कल्प यात्राबारे दस्ताबेज सार्वजनिक गर्ने एमालेको तयारी

Artharajniti  ~  मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ । सङ्कल्प यात्राबारे बुधवार अनौपचारिक रूपमा बसेको सचिवालय बैठकमा गरिएको विश्लेषणमा यात्रा भव्य रूपमा सफल भएको निष्कर्ष आएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । ‘सङ्कल्प यात्रा अत्यन्त सफल भयो, व्यापक […]

प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वसाधारणबाट समेत आलोचना हुन थालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै […]

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, उद्घाटन गर्दै सभापति देउवा

Artharajniti  ~  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी समेत उपस्थित हुने सभापति शर्माले बताए । सम्मेलनको […]

सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीकै मिलेमतो

Artharajniti  ~  तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ । उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको हो । उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी […]