सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी : माघ १ गतेदेखि वितरण

Artharajniti  ~ खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने बताएका छन्। सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, ‘मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ।’ उनले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना […]

मन्त्री बस्नेतको अस्वस्थ हस्तक्षेपले रुग्ण बन्दै स्वास्थ्य प्रणाली

Artharajniti  ~  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन २१ वैशाखमा मन्त्री मोहनबहादुर बस्नेतले चार निर्णयमा सही गरे । निर्णय थिए– डेंगी नियन्त्रण गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्दै व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने, प्रदेश तथा स्थानीय तहमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवासुविधासहित चिकित्सकलाई अधिकतम परिचालन गर्ने र अस्पतालका साधन (औजार उपकरण) को अत्यधिक उपयोग […]

सत्ता गठबन्धनले तीन प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्ने

Artharajniti   ~  राष्ट्रियसभा निर्वाचन लक्षित गरी सत्ता गठबन्धनले तीन वटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक आगामी माघ पहिलो साता कोशी, मधेस र बागमती प्रदेशमा राष्ट्रियसभाका मतदातासँगको अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो । बैठकको निर्णय अनुसार माघ ६ मा बागमती प्रदेशको काठमाडौँ, माघ ७ गते मधेस प्रदेशको जनकपुर र […]

” सीमित सिटका कारण राष्ट्रिय सभाको टिकटमा न्याय गर्न सकिनँ ” -डा. कोइराला

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका तर्फबाट राष्ट्रिय सभामा उम्मेदवार बनेका १० जनालाई जिताउने जिम्मेवारी नेताहरूको काँधमा आएको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उम्मेदवारी छनोट प्रक्रियाबारे आफ्नो वक्तव्य जारी गर्दै कोइरालाले यस्तो बताएका हुन्। ‘राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरूले उम्मेदवारी दर्ता गराउनु […]

राष्ट्रियसभा निर्वाचन : आज उमेदवार विरुद्ध दाबीविरोध र उजुरी दिन सकिने

Artharajniti  ~  राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवार विरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ। २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र […]

विदेश जाने युवालाई सस्तोमा ऋण दिइने, प्रधानमन्त्रीले दिए निर्देशन

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । वैदेशिक रोजगारीमा जाने युवाहरु मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै यस्तो व्यवस्था थर्न लागेको उनले बताए । उनले सामाजिक सुरक्षा कोषमा […]

कृष्ण सिटौलाको सहज व्यवस्थापन

Artharajniti  ~  कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीले कांग्रेस नेता कृष्ण सिटौलालाई सोधे, ‘तपाईं राष्ट्रियसभाको अध्यक्ष बन्ने सहमति भइसकेको हो ?’ दुईपटक एउटै प्रश्नको सामना गरेपछि उनले भने, ‘प्रारम्भमा धेरै चर्चा गर्नु उपयुक्त हुँदैन । राष्ट्रियसभामा निर्वाचित भएर पुगेपछि तपाईंले भनेका सबै कुराको जवाफ पाउनुहुन्छ ।’ शालिन र […]

गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन जुटे ४ दल

Artharajniti  ~   सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबन्डा टुंगिएपछि चार दलका नेताहरू उम्मेदवारको टुंगो लगाउन छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादी २ र जनता समाजवादीले १ सिट लिनेगरी सहमति भएसँगै ती दल आन्तरिक छलफलमा जुटेका हुन्। उक्त सहमतिपछि कांग्रेसका शीर्ष नेता सभापति […]

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

Atharajniti  ~  सर्लाही बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा तनाव भएपछि सोमबार बिहानसम्म कर्फ्यु आदेश जारी भएको छ। शुक्रबारदेखि सुरू भएको तनाव नियन्त्रणमा साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद अधिकारीले नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेका हुन्। उनका अनुसार आइतबार मध्यान्ह १२: ४५ बजे देखि सोमबार बिहान ८ […]

सभापति लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । कान्तिपुर पब्लिकेशनले आफूविरुद्ध भ्रामक समाचार सामग्री सम्प्रेषण गरेको भन्दै आफू कानुनी उपचारमा गएको लामिछानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सहकारी संस्थाको रकम हिनामिना गरेको […]