पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १५ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानेको छ । भक्तपुर, ललितपुर र कास्कीका २/२, काठमाडौं, चितवन, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, रोल्पा, रुपन्देही, बाँके र दाङका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

कोरोनाबाट नेकपाका जिल्ला कमिटी सदस्य चन्द्र भुसालको मृत्यु

अर्थ राजनीति ~ नेकपा बाँके जिल्ला कमिटी सदस्य चन्द्र भुसालको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको हो । मुटुसम्बन्धी रोगबाट पीडित भुसाललाई कात्तिक ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बाँकेको कोहलपुर नगरपालिका–५ निवासी ५८ वर्षीय भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा […]

पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । १ लाख ७९ हजार […]

प्रधानमन्त्री ओली शीतल निवास पुगे

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५ जना, भक्तपुरका २ जना तथा मकवानपुर, धादिङ, चितवन, मोरङ, बारा, पर्सा, गोरखा, बाँके र कञ्चनपुरका एक/एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय तथा सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

अर्थ राजनीति ~ नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेड घण्टासम्म भएको थियो । अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ ।

नेवार समुदायको भाइटीका (किजापूजा) आज पनि लगाइदै, देशभर सार्वजनिक विदा

अर्थ राजनीति ~ नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ […]

हङ्कङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागीको कारण सातजनाको निधन

अर्थ राजनीति ~ हङ्कङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको छ । […]

पछिल्लो २४ घण्टामा ११९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा ११९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं, ललितपुर र मकवानपुरका २/२ जना तथा झापा, सुनसरी, तेह्रथुम, कास्की सुर्खेत र दार्चुलाका एकएक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।