उपमन्त्री गुओ येचौले आइतबार बेलुकी प्रधानमन्त्री ओलीसंग भेटवार्ता
अर्थ राजनीति ~ नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए । प्रधानमन्त्रीलाई भेट्नु अगाडि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए ।
