पुष्पकमल दाहाल प्रचण्डले ओली संग मागे माफि

अर्थ राजनीति ~ नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका छन् । आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्‍यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताएका छन । ओली त अझै बयलगाढामै रहेछन् भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘केपी ओलीलाई बुझ्न सकिएन, यसमा जनतासँग […]

बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण

अर्थ राजनीति ~ बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने बारे पुष्टि हुन् बाकि रहेको अधिकारीहरुले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने […]

बाबुराम भट्टराई र उपमन्त्री गुओ यैचोलगायत उनको टोली बीच भेटवार्ता

अर्थ राजनीति ~ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको छ । टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयलेबताएको छ । उपमन्त्री गुओ यैचोले […]

नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकामा शुरु

अर्थ राजनीति ~ नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकामा शुरु भएको छ । राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन जारि भएको छ । नेकपा प्रचण्ड–माधव समूहको समूहको जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ । सबैतिरको जुलुस भृकुटीमण्डपमा पुगे पछी त्यहाँ, […]

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

अर्थ राजनीति ~ नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । मन्त्री रायमाझी भेट्न राजदूत क्वात्रा सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्री रायमाझी बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका छन । द्विपक्षीय ऊर्जा सहयोगबारे छलफल भएको राजदूत क्वात्राले ट्वीटरमार्फत जानकारी दिएका छन् […]

अमेरिकी राष्ट्रपति ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा हस्ताक्षर गरे

अर्थ राजनीति ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा आइतबार हस्ताक्षर गरे । रिपब्लिकन र डेमोक्रेट दुवै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुवै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए । कोभिड–१९ को संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो। यसअघि पनि […]

संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन

अर्थ राजनीति ~ संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेका छन । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् । काठमाडौंमा पनि हरेक निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस कार्यकर्ताले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् […]

उपमन्त्री गुओ येचौले आइतबार बेलुकी प्रधानमन्त्री ओलीसंग भेटवार्ता

अर्थ राजनीति ~ नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए । प्रधानमन्त्रीलाई भेट्नु अगाडि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए ।

अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता

अर्थ राजनीति ~ नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको छ । भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको छ । आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी […]

राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार काठमाडौंमा र्‍याली

अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार काठमाडौंमा र्‍याली निकालेको थियो । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्‍याली निकालेको हो । बबहरमहलबाट सुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार काठमाडौंमा र्‍याली निकालेको छ ।