बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण

Machchapuchchre

अर्थ राजनीति ~ बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने बारे पुष्टि हुन् बाकि रहेको अधिकारीहरुले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो । क्वारेण्टिन बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो र उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्