जसपा फकाउन सरकारले फिर्ता लियो १२० जनाको मुद्दा

अर्थ राजनीति  ~  सरकारले जनता समाजवादी पार्टी (जसपा)ले माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको भन्दै उनले भने, […]

निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने

अर्थ राजनीति  ~  काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।सङ्घले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको […]

पूर्वरानी कोमल आईसीयूमा

अर्थ राजनीति   ~  कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।अस्पतालमै उपचाररत […]

उपत्यकामा निषेधाज्ञा–चोकचोकमा कडा चेकजाँच हुदै

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा गरिएको छ।  कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय प्रशासनले पहिलो चरणमा वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञापछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनले अत्यावश्यकबाहेकका त्यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाएपनि कतिपयले निषेधाज्ञा उलंघन गर्न सक्ने भएकाले चेकजाँचलाई […]

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अर्थ राजनीति  ~  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले […]

सरकारले रकम नदिएको भन्दै कोरोना बिमा भुक्तानी रोकियो

अर्थ राजनीति  ~  बिमा कम्पनीहरुले कोरोना बिमा दावी भुक्तानी रोक्न थालेका छन् । सरकारले दिने भनेको रकम नदिएको भन्दै बिमा कम्पनीहरुले भुक्तानी रोक्न थालेका हुन् । शिखर इन्स्योरेन्स, प्राइम इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतले पछिल्लो केही दिन यता भुक्तानी नै ठप्प पारेका छन् । उता नेपाल इन्स्योरेन्सले पनि सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी बन्द […]

एनएमबि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र विक्रीको लागि बोर्डले दियो अनुमति

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले एनएमवि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले एनएमबि बैंकलाई दूई प्रकारको ऋणपत्र विक्री गर्न अनुमति दिएको हो । एनएमबि बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको एनएमबि ऋणपत्र २०८७/८८ र १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदर […]

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने

अर्थ राजनीति  ~  गण्डकी प्रदेशको विशेष अधिवेशन आज दिउँसो २ बजे बस्दै छ । विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृत्थ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो । गण्डकी प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको हिजो बसेको बैठकले अविश्वास प्रस्ताव टेबुल गर्ने लगायतका कार्यसूची तय गरेको हो […]

वैशाख २१ देखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला हुने

अर्थ राजनीति  ~  मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर […]

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।’ सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागू गर्न सुझाव […]