कारबाही गर्नु नै गल्ती थियो, सच्याउनु सकारात्मक : नेपाल समूह

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको कारबाही फिर्ता  लिनु सकारात्मक भएको बताएको छ । यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताएको छ । बिहीबार विहान बसेको अध्यक्ष ओली पक्षको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ । नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही फिर्ता लिनु सकारात्मक भएको बताए । ‘कारबाही गर्नु नै गल्ती थियो, गल्ती सच्याउने काम भएको छ’ नेता भट्टराईले भने, ‘यसलाई सकारात्मक मान्नुपर्छ ।’ यद्यपि पार्टी एकता जोगाउन २०७५ जेठ २ मा फर्किनुपर्ने नेपाल समूहका नेताहरुको अडान छ । ‘पार्टी अध्यक्षले पार्टीको एकता जोगाउन जेठ २ मा फर्किने र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन उदारता देखाउनुपर्छ ’ भट्टराईको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्