बैंकहरुले केहि समयको लागि ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने

Machchapuchchre

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा स्वीकार नगर्ने भएको छ । न्यून रकमको जम्मा गर्न आउने तथा डिम्याट खोल्न आउने भिड बढेपछि बैकर्स संघको बिहीबारको बैठकले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने भएको हो । बैंकहरुका शाखाबाट अबदेखि अर्को सूचना जारी नहुँदासम्म खाताबाट रकम झिक्ने, ५० हजारभन्दा माथिको मात्र निक्षेप नगदमा लिने तथा,रकम स्थानान्तरण,चेक,आरटिजिएस,आइपीएस,विप्रेषण भुक्तानी तथा अन्तराष्ट्रिय व्यापारको काम हुने छ । बैकर्सं संघले बैठकले कोरोना भाइरस संक्रमण रोक्न अत्यावश्यक सेवा बाहेकका काम बन्द गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्