” सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ धाक नदिए हुन्छ ” : अध्यक्ष नेपाल

अर्थ राजनीति ~  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहन नपर्ने बताएका हुन्। उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्न समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको […]

आठ अर्ब निक्षेप घट्दा सात अर्ब कर्जा

अर्थ राजनीति  ~  मंसिर पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्ममा ८ अर्ब निक्षेप घटेको हो । यस अवधिमा कर्जा लगानी भने ७ अर्ब रुपैयाँ वृद्धि भएको छ । मंसिर तीन गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २६ अर्ब निक्षेप संकलन गरी […]

नेपाल बारले आज तीन दललाई ध्यानाकर्षण पत्र बुझाउने

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । नेपाल बार र बार सर्वोच्चले आज सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन् । बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता […]

चिवतनमा माओवादीको शक्ति प्रदर्शन, माओवादीले सरकार चलाएको प्रचण्डको दाबी

अर्थ राजनीति  ~ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयर रहेको चितवनको भरतपुर महानगरपालिकाले विकास बहसको नाममा शक्ति प्रदर्शन गरेको छ । ‘समृद्धि भरतपुरका लागि विकास बहस’ नाम दिइएको कार्यक्रममा माओवादी अध्यक्ष दाहालसहित सात जना क्याबिनेट मन्त्री सहभागी भएका छन् । नेकपा (एमाले)को दशौं महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा माओवादीले शक्ति प्रदर्शन गर्नुलाई अर्थपूर्ण […]

एमाले स्थायी कमिटी बस्दै, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने

अर्थ राजनीति  ~  नेकपा एमालेको हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा ११ बजेपछि बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकले महाधिवेशन तयारीका सम्बन्धमा छलफल गर्नेछ । साथै विधानअनुसार केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने छ । […]

कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोना खोप लगाउन पाइने

अर्थ राजनीति  ~  काठमाडौँसँग जोडिएका मुख्य चार नाका कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने छ ।यी क्षेत्रमा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा उमेर खुलेको प्रमाण पत्र भने लैजानु पर्नेछ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका अनुसार चारवटै खोप […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया रोचक बन्दै

अर्थ राजनीति   ~  गत कात्तिक ८ गते नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको बोर्ड अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गर्‍यो । सोही मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति गठन गर्‍यो । उक्त कानुनमा नै स्पष्ट लेखिएको राष्ट्रिय […]

अबबाट प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो

अर्थ राजनीति  ~  न्यायालयको इतिहासमा प्रधानन्यायाधीशले लिँदै आएको एउटा अधिकार कटौती भएपछि अदालतमा समस्याको रूपमा रहेको बिचौलिया हट्ने अपेक्षा गरिएको छ। दैनिक रूपमा प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अब गोला प्रक्रिया (अटोमेसन) प्रणालीमा लगिएको छ। सर्वोच्च अदालत नियमावली संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि गोला प्रक्रियाबाट पेसी तोकिने प्रक्रियाले पूर्णता पाएको छ। सम्भवतः मंगलबार पूर्ण बैठक […]

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा विजयी

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । उनकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला […]

गगन थापाको अपिल- महाधिवेशन प्रतिनिधि छनौट गर्दा ख्याल गरौं

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएको बताएका छन्। आज कांग्रेसले १४८ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दैछ। अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले आज एक अपिल जारी गर्दै पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रहसमेत […]