राष्ट्र बैंकप्रति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रुष्ट

अर्थ राजनीति  ~  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकले अत्यावश्यक वस्तुको आयातमा कडाइ गरेको निर्णयप्रति आपत्ति जनाएको छ । बजारमा प्रत्यक्ष प्रभाव गर्ने अत्यावश्यक वस्तुका आयातमा कडाइ गर्दा अभाव भई उपभोक्तालाई महँगो पर्ने भन्दै मन्त्रालयले आपत्ति जनाएको हो । बैंकले मन्त्रालयलाई जानकारी नदिएर एकलौटी निर्णय गर्दा यसले व्यापारमा असर पर्ने भन्दै मन्त्रालयले त्यसको विरोध […]

सभापति देउवालाई दुई तिहाई : शक्तिशाली बन्दै

अर्थ राजनीति  ~  नेपाली काँग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो । मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र […]

प्रधानन्यायाधीशको बहिर्गमन : राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने

अर्थ राजनीति  ~  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए । मंगलबार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए […]

” एमाले द्वारा संविधानविपरीत संसद् मा अवरोध ” : सभामुख सापकोटा

अर्थ राजनीति   ~  सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन् । सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत पनि गराए । मंगलबारको प्रतिनिधिसभा बैठकमा […]

जबराको निर्देशन लत्याउँदै प्रदर्शनमा उत्रिएको नेपाल बारको चेतावनी

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराकाे राजीनामा माग गर्दै आन्दाेलनमा रहेकाे नेपाल बार एसाेसिएसनले आज पनि सर्वाेच्च अदालतमा धर्ना दिएकाे छ । जबराकाे राजीनामा माग गरेर नेपाल बार गएकाे १४ कात्तिकदेखि आन्दाेलनमा छ । हिजाे मात्रै प्रधानन्यायाधीशकाे निर्देशनमा सर्वाेच्च प्रशासनले नाराबाजी बन्द गर्न नेपाल बारलाई निर्देशन दिएकाे थियाे । बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई […]

काठमाडौंमा केबलकार चलाउने फ्रान्सको इच्छा कायमै

अर्थ राजनीति  ~  फ्रान्स सरकारले काठमाडौं उपत्यकामा केबलकार सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई पुनः ध्यानाकर्षण गराएको छ । नेपालका लागि फ्रान्सका राजदूत जिल बुरवाओले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँगको भेटमा यो विषयलाई महत्व दिन आग्रह गरेका छन् ।‘नेपालले चाहेमा केबलकार क्षेत्रको पूर्वाधार विकासमा फ्रान्स तत्काल सहयोग गर्न तयार छ,’ राजदूत […]

पुसभित्र एक खर्ब पुँजीगत खर्च गर्ने चाहनामा अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  गत बिहीबार अर्थमन्त्री जनादर्शन शर्माले सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुलाई डाकेर भने, ‘पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत पुँजीगत खर्च गरिसक्ने गरी काम गर्नुस्, पुसपछि खर्च हुन नसकेको बजेट अन्यत्र दिइन्छ । विकासे मन्त्रालय, आयोजना र विभागका अधिकारीहरु भने प्रष्ट छन्– अर्थमन्त्रीको यो निर्देशन विगतको जस्तै पुरा हुनेवाला छैन । जसरी हुन्छ […]

आयात निरुत्साहित गर्न राष्ट्र बैंकद्वारा कडा नियम लागु

अर्थ राजनीति  ~  तरलता अभावले आर्थिक संकट बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्न थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले डेढ दर्जन बढी वस्तु आयातका लागि एलसी खोल्नुअघि अनिवार्य नगद जम्मा गर्नुपर्ने नियम लागु गरेको हो । अब आयातका लागि एलसी खोल्ने अनुमति प्राप्त […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्ने भएको छ । बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले चल्न दिनेमा शंका छ । आफुले कारबाही गरेका माधव […]

एमसीसी : सत्तारूढ र विपक्षी फकाएर संसदमा लैजाने प्रयासमा सरकार

अर्थ राजनीति  ~  सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउन पहिले सत्ता आबद्ध दल र त्यसपछि प्रमुख प्रतिपक्षीसहितका अन्य दलहरूलाई फकाउने नीति लिएको छ । आइतबार पहिले सत्ता गठबन्धन बैठक र त्यसपछि सर्वदलीय बैठक राखेर एमसीसी परियोजनाका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेतृत्वको राय लिएका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले एमसीसी देशको हितमा […]