जबराको निर्देशन लत्याउँदै प्रदर्शनमा उत्रिएको नेपाल बारको चेतावनी

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराकाे राजीनामा माग गर्दै आन्दाेलनमा रहेकाे नेपाल बार एसाेसिएसनले आज पनि सर्वाेच्च अदालतमा धर्ना दिएकाे छ । जबराकाे राजीनामा माग गरेर नेपाल बार गएकाे १४ कात्तिकदेखि आन्दाेलनमा छ । हिजाे मात्रै प्रधानन्यायाधीशकाे निर्देशनमा सर्वाेच्च प्रशासनले नाराबाजी बन्द गर्न नेपाल बारलाई निर्देशन दिएकाे थियाे । बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फाेन गरेर सर्वोच्च अदालत परिसरमा माइक र नाराबाजी नगर्न भनिएकाे थियाे । तर बारले भने आन्दाेलन जारी रहने बताएकाे छ । यस्तै , प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको न्याय सेवाको बैठकमा नजान कानुन मन्त्रालय र  महान्यायाधीवक्ताको कार्यालयलाई नेपाल बार एसोसिएसनले खबरदारी पनि  गरेको छ । प्रधानन्यायाधीश जबरा आफनो कार्यसम्पादनमा पूर्ण असफल भइसकेकाले अब उनले बोलाएको न्याय सेवाको बैठकको कुनै औचित्य नहुने भन्दै बारले बैठकमा नजान खबरदारी गरेको हो । जबराको राजीनामा माग्दै भएको विरोधसभालाई सम्बोधन गर्दै  सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले अन्यथा आफूहरूले पनि कडा जवाफ दिने चेतावनी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्