“एमाले पार्टी हैन, पाटीपौवा हो ” : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष नेपाल
अर्थ राजनीति ~ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरे । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । […]
