सत्तारुढ गठबन्धनभित्र राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा

Machchapuchchre

अर्थ राजनीति  ~  आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ नेपाली काँग्रेस आन्तरिक छलफलमा छ । काँग्रेसले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको आन्तरिक रूपमा गृहकार्य गरिरहेको छ । यही पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले उम्मेदवार छान्न र सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन काँग्रेस तयारीमा जुटेको हो । महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको उम्मेदवार विधिसम्मत रूपमा चयन गरिने बताए । ‘राष्ट्रिय सभाको उम्मेदवार छान्ने विषयलाई केन्द्रीय कार्यसमिति हुँदै संसदीय बोर्डबाट टुङ्ग्याउनु पर्ने हुन्छ । हामी चाडै केन्द्रीय कार्यसमितिको बैठक बसेर विधिवत प्रक्रियाबाटै जान्छौँ ’ उनले बताए । यही पुस १७–१८ गतेतिर केन्द्रीय कार्यसमितिको बैठक बस्ने बुझिएको छ । बैठकले प्रचार प्रसार समिति गठन गर्ने छ । वैधानिक व्यवस्था अनुसार काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार चयन गर्छ । त्यसका लागि केन्द्रीय कार्यसमितिले संसदीय बोर्ड अधिकार सुम्पिने छ । तर काँग्रेसमा संसदीय बोर्ड गठन भएको छैन । १४ औँ महाधिवेशनबाट १३ जना पदाधिकारी निर्वाचित भएर आएका छन् । उनीहरू संसदीय दलको पदेन सदस्य रहन्छन् । महामन्त्री शर्माका अनुसार संसदीय बोर्डको दुई वटा स्वरूप हुन्छ । ‘एउटा पदेन हुन्छ । एउटा मनोनीत हुन्छ । पदेन १३ जना र मनोनीत ११ जना हुने व्यवस्था छ । सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाटै ११ जना मनोनीत गर्न पाउनुहुन्छ,’ उनले भने । अहिले संसदीय बोर्ड बनेन भने पनि निर्वाचित १३ जना पदाधिकारीलाई केन्द्रीय कार्यसमितिले अधिकार प्रत्यायोजित गर्नेछ । विधान अनुसार केन्द्रीय समितिले विभिन्न प्रदेशबाट इच्छुक नामहरू लिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्