प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा विजयी

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । उनकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला […]

गगन थापाको अपिल- महाधिवेशन प्रतिनिधि छनौट गर्दा ख्याल गरौं

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएको बताएका छन्। आज कांग्रेसले १४८ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दैछ। अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले आज एक अपिल जारी गर्दै पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रहसमेत […]

ब्याज अनुदानको सहुलियतपूर्ण ऋण बैंकले दिन छाडे

अर्थ राजनीति  ~  तरलता अभाव चर्किएपछि सरकारले ब्याज अनुदान उपलब्ध गराएको सहुलियतपूर्ण कर्जा प्रभावित भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले लगभग यो कर्जा वितरण बन्दै गरेका छन्। छिटपुट रुपमा पहुँचवालाले पाएपनि लगभग सबैको फाइलको चाङ बैंक तथा वित्तीय संस्थाहरुको शाखा/शाखामा लागेको छ। ‘कामै अलपत्र परेका पुराना क्लाइन्टलाई त पैसा दिन सकिएको छैन, सहुलियत पूर्ण ऋण […]

नक्कली जग्गा धितो प्रकरण : राष्ट्र बैंकलाई किन जानकारी छैन

अर्थ राजनीति  ~  नक्कली जग्गा धितोमा कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रीय बैंकले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । प्रहरीले धितो मूल्यांकनकर्ता र बैंकका केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने राष्ट्र बैंकले बैंक सुपरीवेक्षण विभाग मातहत छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकका […]

फेरि माओवादीको पक्षमा जनलहर आउँदैछ, मधेसमा पनि : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि माओवादीको पक्षमा जनलहर आउने बताएका छन् । सोमबार पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘देशैभरि फेरि माओवादीको पक्षमा लहर आउँदैछ । प्रदेश २ मा ३२ वटा संघीय सिट छन्  त्यहाँ म सर्लाही, महोत्तरी, रौतहट पुगेको थिएँ , माओवादी नै […]

फेवाताल किनारमा आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट

अर्थ राजनीति  ~  पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’आगो भने […]

एमालेले बोलायो स्थायी कमिटीको बैठक

अर्थ राजनीति ~  १० औं महाधिवेशनको तयारीमा व्यस्त रहेको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो । बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा […]

प्रधानन्यायाधीश राणाले आज पनि तोके पेसी

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआरजस्ता अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै […]

दसौं राष्ट्रिय महाधिवेशन : भीम रावलले एमाले अध्यक्षमा उम्मेद्वारी दिने

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने भएका छन्। आइतबार दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले आफ्नो उम्मेद्वारी सार्वजनिक गर्न लागेको उनी निकट स्रोतले बताएका  छन् । ‘तीन बजे उहाँको उम्मेद्वारी घोषणा हुँदैछ। त्यसकै लागि परामर्श गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘आफ्नो टीमसहित हुन्छ या उहाँले […]

प्रहरीमा चेन अफ कमाण्ड भत्काएर आईजीपी क्षेत्री टर्की प्रस्थान

अर्थ राजनीति  ~  प्रहरी संगठनमा चेन अफ कमाण्ड भत्काएर प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री टर्की गएका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा हुन लागेको इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन आईजीपी क्षेत्री आइतबार टर्की गएका हुन् । महासभा ७-९ मंसिरसम्म हुनेछ । आईजीपी क्षेत्रीसँगै अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत […]