“एमाले पार्टी हैन, पाटीपौवा हो ” : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष नेपाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरे । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । अध्यक्ष नेपालले एमालेमा केही गरौं भन्ने भावना समेत नरहेको बताए । ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भएपनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको संकल्प नै छैन । निःस्वार्थ भावना पनि छैन । केही गरौं भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहो-याए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्