सत्ता गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित

अर्थ राजनीति  ~  स्थानीय निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० […]

” विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ ” : योगेश भट्टरई

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल एमालेका सांसद योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् । ‘अहिले पनि […]

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने बढ्न सकेन

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ८.९० अंकले बढेर दुई हजार २ सय ७४ दशमलव ४२ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ८४.९० अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको सेवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार समुद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । बैंकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्नका लागि विमानस्थलमा सेवा विस्तार गरेको छ । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवासुविधा प्रवाह गर्न बैंकले […]

भरतपुरमा एक हजार ७१२ मतले रेनु दाहालको अग्रता

अर्थ राजनीति  ~  भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छिन् । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गरेकी हुन् । नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ८ हजार २५८ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ५०४ […]

केशव स्थापितलेभन्दा बालेन साहले ल्याए ७ हजार ७ सय बढी मत

अर्थ राजनीति   ~  काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अघि बढेका छन् । शाहले बुधबार बिहान १० बजेसम्मको अध्यावधिक विवरणअनुसार एमालेका उम्मेदवार केशव स्थापितले भन्दा ७ हजार ७ सय बढी मत पाएका छन् । उनले १६ हजार ५२ मत पाउँदा दोस्रो स्थानमा रहेका स्थापितले ८ हजार ३४५ मत पाएका छन् […]

मर्जरमा जान बिमा कम्पनीलाई सैद्धान्तिक सहमति

अर्थ राजनीति  ~  बिमा समितिले पाँच बिमा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । नेपाली बिमा ब्यवसाको इतिहासमा नै पहिलो पटक तीन जीवन बिमा कम्पनी तथा दुई निर्जीवन बिमा कम्पनी एक आपसमाा गाभिन सम्झौता गरेका छन् । बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स, गुराँस […]

चुनावको दिन संसद् भवन अगाडि विष्फोट गराएको आरोपमा चार जना पक्राउ

अर्थ राजनीति  ~  ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको दिन एकाबिहानै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सिलिन्डर विष्फोटन गराएको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आफूहरुलाई नेपाल कम्युनिस्ट पार्टी (सिवादी) नामक समूह सदस्य बताउने गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरतकुमार राई छन् । काठमाडौं प्रहरी परिसर, […]

नेपाल र भारतले संयुक्त रूपमा बुद्धिस्ट सर्किट विकास गर्ने

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ (बुद्धिस्ट सर्किट) विकास गरिने घोषणा गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उनले भगवान् बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एकापसमा जोड्ने बौद्ध परिपथ […]

माधव नेपाल : “आत्तिनुपर्ने छैन, तर समीक्षा गरिन्छ “

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन परिणामबाट आत्तिनु नपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनु नपर्ने बताएका हुन् ।‘चुनावी नतिजाबाट हामी आत्तिनुपर्ने छैन । प्रारम्भिक चरणमै हामीले हाम्रो पार्टीबाट ५ सय भन्दा बढि प्रतिनिधि निर्वाचित […]