” फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन ” : नेता भीम रावल

अर्थ राजनीति  ~  एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको […]

” राजतन्त्र पुनर्स्थापनाको एजेन्डा छोडे राप्रपासँग एकता हुन्छ “: कमल थापा

अर्थ राजनीति  ~  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको एजण्डा छोडेमात्र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता हुने बताएका छन्। बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापमा असम्भव रहेको बताए। ´लिङ्देन नेतृत्वको पार्टीले राजतन्त्र पुनर्स्थापनाको एजेन्डा छोडे पार्टी एकता गरेर नेतृत्व पनि हस्तान्तरण गर्छु,` उनले भने। थापाले असम्भव एजेन्डाको पछि नलागी सही एजेन्डा […]

बिहीबार प्रि-ओपनिङमा नेप्से २ अंकले बढ्यो

अर्थ राजनीति  ~  साताको चौथो कारोबार दिन विहीबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ। साढे १० बजेदेखि पौने ११ बजेसम्मको १५ मिनेट समयमा नेप्से २ अंकले बढेर २०८२.४४ विन्दुमा पुगेको थियो। यस्तै सेन्सेटिभ पनि ०.८२ अंकले बढेको छ। कारोबार भएका १४ कम्पनी मध्ये १० कम्पनीको सेयर मूल्य बढेको हो। दुईवटा कम्पनीको सेयर मूल्य घटेको छ भने […]

पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड पुन: संचालनमा

अर्थ राजनीति  ~  पहिराका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड फेरि संचालन भएको हो। इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक संचालनमा ल्याइएको हो। बुधबार राति ११ः१५ बजेदेखि सडक अवरुद्ध भएको थियो। रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ।

सुनको मूल्य ५०० रुपैयाँले बढयो

अर्थ राजनीति  ~  सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै […]

मेलम्ची खोलाको बाडीले अस्थायी पुलमा क्षति

अर्थ राजनीति  ~  सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उनले […]

नेता प्रकाशमान : ” पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुस् “

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।  काँग्रेस काठमाडौं क्षेत्र नं.९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन बिहीबार आयोजित कार्यक्रममा नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए । ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी […]

मोरङका उद्योगी-व्यवसायी आन्दोलित, अर्थमन्त्री शर्माको राजिनामा माग

अर्थ राजनीति  ~  सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै मोरङका उद्योगी, व्यवसायी र मजदुर आन्दोलित भएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीले आन्दोलनकामे चेतावनी दिएका थिए । अहिले उद्योगी व्यवसायीसँगै हजारौँ मजदुर सडकमा उत्रिएका छन् । उनीहरु कोशी राजमार्ग अन्तर्गत […]

” हाम्रो पार्टीभित्र पनि मन्त्री फेर्ने आवाज उठिरहेको छ ” : नेता वर्षमान पुन

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आफ्नो पार्टीभित्र पनि मन्त्री फेर्ने आवाज उठिरहेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभयो । पुनले नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दवाव परेको बताउनुभयो […]

मौद्रिक नीतिका बारेमा अर्थमन्त्री र गभर्नर बिच कुराकानी

अर्थ राजनीति  ~  आगामी मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार बिहान मन्त्रालय पुगेर परामर्श गरेका छन्। निलम्बन र पुनर्बहाली प्रकरणपछि राष्ट्र बैंकको एजेण्डा बोकेर उनी पहिलो पटक अधिकारी अर्थमन्त्री शर्मालाई भेट्न पुगेका हुन्। यसअघि पनि मन्त्री-गभर्नर एउटै मञ्चमा भेटघाट भए पनि ती औपचारिक कार्यक्रमका सिलसिलामा थियो। अर्थमन्त्री शर्माले […]