” मन्त्री हेरफेरको निर्णय ‘कच्चा’ होइन, सर्वसम्मत हो ” : नेता खनाल

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्य भएको बताएका छन् । ‘यो विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्यको विषय भयो । यसबारेमा हामी हाम्रो पार्टीभित्र र गठबन्धनभित्र पनि यस्तो किन भयो भनेर छलफल गर्दैछौं’, पत्रकारसंगको  कुराकानीमा खनालले भने, ‘पार्टीले आफ्नै नेता, […]

” लोसपा गठबन्धनमा आए स्वागत गर्छौं ” : उपेन्द्र यादव

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वागत गर्ने बताएका हुन् । ‘एक हातले ताली बज्दैन, दुबै हातले […]

कारोबार खुलेको आधा घण्टामै दोहोरो अंकले बढ्यो शेयरबजार

अर्थ राजनीति  ~  साताको तेस्रो दिन बुधबार नेपालस्टक एक्सचेन्च (नेप्से) दोहोरो अंकले बढेको छ । नितरन्तर रुपमा ओरालो लागेको शेयरबजार आज कारोबार शुरु भएको आधा घण्टामा नै दोहोरो अंकले बढेको हो । यस अवधिमा शेयरबजार २६.९० अंकले बढेर २ हजार ४७ दशमलव १२ किन्दुमा पुगेको हो । कारोबारमा आएका १८० वटा कम्पनीमा १६५ वटा कम्पनीको […]

काठमाडौं महानगर र नबिल बैंक बीच सार्वजनिक शौचालय प्रयोगमा ल्याउन सम्झौता

अर्थ राजनीति  ~  नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखास्थित शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन सम्झौता गरेको छ । आज (बुधबार) काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै बैंकले उक्त घोषणा गरेको हो । महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा सार्वजनिक बनाइएका सबै शौचालयको दायित्व बैंकले नै बहन गर्ने उल्लेख गरिएकाे छ । महानगरको नगरकार्यपालिका बैठकले यहि जेठ […]

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले चार वर्षका लागि विकास ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेभित्र ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । […]

अष्ट्रेलियामा शिक्षा र अध्यागमनबारे जानकारी दिन ‘एक्सपर्ट एजुकेसन मेला’

अर्थ राजनीति ~ ” एक्सपर्ट एजुकेशन एण्ड माइग्रेसन” ले आगामी साता अष्ट्रेलियामा शैक्षिक तथा अध्यागमन प्रदर्शनी गर्ने भएको छ। नयाँ आउने नेपाली विद्यार्थीलाई लक्षित गरेर आगामी मंगलबार होटल रिज टाउनहलमा शैक्षिक तथा अध्यागमन प्रदर्शनीको हुने भएको हो। कोभिड माहामारीपछि अस्ट्रेलियामा बढेको नेपाली विद्यार्थीको आवागमन लाई ध्यानमा राखेर आवश्यक शैक्षिक परामर्श तथा अध्यागमन सम्बन्धी सल्लाह दिन […]

” व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइरहेका छौं ” : शिक्षामन्त्री पौडेल

अर्थ राजनीति  ~  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालले औपचारिक र अनौपचारिकसँगै व्यावसायिक र प्राविधिक शिक्षामा पनि जोड दिएको बताएका छन् । थाइल्याण्डमा जारी एसियाका शिक्षा मन्त्रीहरूको सम्मेलनमा भाग लिँदै मन्त्री पौडेलले आजीवन सिकाइलाई औपचारिक र अनौपचारिक शिक्षासँग जोड्नका लागि नेपाल प्रयासरत रहेको बताएका हुन् । देशको उच्च शिक्षालाई प्रविधिमैत्री र व्यावसायिकता उन्मुख […]

ग्लोबल आइएमई बैंकको भरतपुर कार्यालय भवन शिलान्यास

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकले भरतपुरस्थित अत्याधुनिक तथा सुविधासम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला […]

प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोग अघि बढाउन एमालेको दबाब

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग प्रस्ताव समितिमा पठाउन माग गरेको छ। एमालेले संसद बैठकको अवरोध हटाए पनि सभामुख अग्नि सापकोटाले राणाविरूद्धको महाअभियोगको प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएका छैनन्। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा नेकपा एमालेले महाअभियोगको प्रस्तावको प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्। ‘हामीले किन यो विषयमा ढिलासुस्ती […]

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

अर्थ राजनीति  ~  काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । स्थानीय श्रीहरि ढकालले दिएको जानकारी अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ […]