नक्कली भुटानी शरणार्थी प्रकरण: संसदमा जुहारी

अर्थ राजनीति ~  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयले प्रतिनिधिसभा बैठकमा समेत प्रवेश पाएको छ । सो प्रकरणलाई लिएर सत्तारूढ दल र विपक्षी दलबीच संसदमा जुहारी सुरु भएको छ । आइतबारको संसद बैठकमा बजेट सम्बन्धी छलफल चल्दै गर्दा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद एकअर्कालाई दोषारोपणमा उत्रिएका हुन् । […]

श्री एयरलाइन्सको ल्यान्डिङ गियरमा समस्या, रनवेमै अड्कियो विमान

अर्थ राजनीति   ~  भैरहवाबाट काठमाडौंको लागि  उडेको श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा समस्या आएको छ। ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान पुन: भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ। विमान रनवेमै अड्किएकाले अरु सबै उडान अवतरण प्रभावित बनेको छ। श्रीको विमान रनवेमै रहेकाले यती एयरलान्सेन्सको जहाज आकाशमै फन्को मारिरहेको थियो। अवतरण गर्न नसक्ने भएपछि उक्त विमान पुन: काठमाडौं […]

कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने

अर्थ राजनीति   ~  सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले सिंहदरबार प्रवेशमा रोक लगाउने भएको हो । आज भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय […]

सुनको मूल्य हालसम्मकै उच्च, राख्यो नयाँ रेकर्ड

अर्थ राजनीति  ~  आज बिहीबार नेपाली बजारमा सुनको प्रतितोला १ हजार २०० बढेसँगै नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको […]

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाँदै

अर्थ राजनीति  ~  पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह भारत जान लाग्नुभएको हो । पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उहाँ पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा जानुभएको थियो । यसपटक नेपालगञ्जबाट स्थलमार्ग […]

नवनियुक्त ३ मन्त्रीले आज दिउँसो ३ बजे शपथ लिँदै

अर्थ राजनीति  ~  नवनियुक्त ३ जना मन्त्रीहरूले आज शपथ ग्रहण गर्दैछन् । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज (बिहीबार) दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, […]

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। हत्या आरोप लागेका उनलाई मंगलबार निलम्बन गरेको संसद सचिवालयले जनाएको छ। निलम्बन भएको सूचना टाँस गरी निलम्बनको जानकारी दिइएको हो। महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित उनीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ। २०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले […]

मेयर बालेन : “सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन “

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुराना सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् । उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर साहले लेखेका छन्, ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया […]

रास्वपा सरकारमा जाने भएपछि नेपाली कांग्रेसमा झनै भाँडभैलो

अर्थ राजनीति  ~  कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयका विषयमा सहमति जुट्न नसक्दा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । कांग्रेसका सबै सांसद मन्त्री बन्न लालायित छन् । अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तीव्र मतभेद बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको सरकारमा सहभागी हुने […]

सरकार विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक आह्वान

अर्थ राजनीति  ~  सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्दै छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि  तिमिल्सनाले भने,  ‘नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुनेछ ।’ उपनिर्वाचन पछि […]