सुनको मूल्य हालसम्मकै उच्च, राख्यो नयाँ रेकर्ड

Machchapuchchre

अर्थ राजनीति  ~  आज बिहीबार नेपाली बजारमा सुनको प्रतितोला १ हजार २०० बढेसँगै नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० तोकिएको छ । यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्