शेखर : सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ?

Artharajnii  ~  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति र महामन्त्रीहरू दुई ध्रुवमा बाँडिएकाले पार्टी सञ्चालनमा समस्या भएको बताएका छन्। बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले पार्टीको बहुपदीय नेतृत्वबारे सोच्नुपर्ने बेला आएको बताएका हुन्। ‘अहिले कांग्रेसका सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ। सभापति र महामन्त्री यसरी बाँडिँदा पार्टी कसरी चल्छ,’ कोइरालाले भने,‘हामीले […]

सरकारी विद्यालय निःशुल्क, निजी विद्यालयको ‘फी’ स्थानीय तहले तोक्ने

Artharajniti  ~  सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा सार्वजनिक विद्यालय निःशुल्क गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । यस्तै निजी लगानीका विद्यालयको शुल्क स्थानीय तहले निर्धारण गर्ने प्रावधानको प्रस्ताव विधेयकमा छ । निजी लगानीका विद्यालयले राष्ट्रिय मापदण्डको अधीनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रही […]

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आठ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार […]

स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमै, भोलि अन्त्यष्टि गरिदै

Artharajniti  ~  हृदयघातबाट मंगलबार बिहान निधन हुनुभएका संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज पनि श्रद्धाञ्जलीकालागि पार्टी केन्द्रिय कार्यालय च्यासलमा राखिएको छ ।आज दिउँसोसम्म उहाँको पार्थिव शरीर पार्टी कार्यालयमा राखेपछि आज दिउँसोबाट भने उहाँको निजी निवासमा राखिने छ । भोलि उहाँको पार्थिव शरीरको अन्त्यष्टि गर्ने बताइएको छ […]

तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्छन् : सीआईबी

Artharajniti ~ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्ने जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले तस्करीको सुन प्रकरणमा अझै अनुसन्धान पुरा नभइसकेकाले थप व्यक्तिहरू पक्राउ पर्न सक्ने बताइन् ।  ‘अनुसन्धान पुरा भैसकेको छैन । अझै थप व्यक्तिहरू पक्राउ पर्न सक्छन् र […]

तालको संरक्षण गर्दै उपमहानरपालिका

अर्थ राजनीति ~ धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना अघि बढाएको छ । उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल रहेको विवरण तयार गरेको छ । […]

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

अर्थ राजनीति ~  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उहाँले बताउनुभयो । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको […]

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

अर्थ राजनीति ~ तल घना जङ्गल शिरमा नाङ्गा हरियाली पहाड नजिकै राष्ट्रिय लोकमार्ग बागलुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ । निसीखोला गाउँपालिका–६ मा पनि रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । एक दशक अगाडिसम्म गुमानाम रिग क्षेत्र अहिले एकाएक चर्चामा छ । पातीहाल्नेभन्दा केही माथिल्तिर रिग ताल […]

सिञ्जामा खस पात्रो लागू

अर्थ राजनीति ~ नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ । गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा न्यौपानेबाट खस पात्रो सार्वजजिक गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । खस भाषाको संरक्षण र प्रवद्र्धनका लागि उक्त पात्रो पालिकामा लागू भई सञ्चालनमा […]

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

अर्थ राजनीति ~ गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए । जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए । मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए […]