निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

अर्थ राजनीति ~ काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन […]

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

अर्थ राजनीति ~ नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौँको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले […]

कुमारी बैंक र महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अर्थ राजनीति ~ कुमारी बैंक लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर बिक्रीमा ल्याएका छन् । महली लघुवित्तको १४ हजार कित्ता र कुमारी बैंकको ३ हजार ६७० कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो । यी दुबै कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा आएको हो । इच्छुक […]

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा छ : गृहमन्त्री श्रेष्ठ

अर्थ राजनीति  ~   उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने–  “ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ ।” […]

सरकारले जग्गा दिए महानगरले क्रिकेट रंगशाला बनाउँछ : बालेन

अर्थ राजनीति ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले सामाजिक सञ्जाल फेसबुक लेख्दै सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका हुन् । उनले नेपाली क्रिकेटको स्तरोन्नतिका […]

ग्लोबल आइएमई बैंकको क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

अर्थ राजनीति ~  ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।  बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो […]

कोशीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने

अर्थ राजनीति  ~  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले […]

गोसाइँकुण्डमा रु तीनलाख भेटी सङ्कलन

अर्थ राजनीति ~ पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । उहाँले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताउनुभयो । […]

हतुवागढीद्वारा ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा

अर्थ राजनीति ~ शैक्षिक सुधारका लागि भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो । पाश्र्वचित्रमा उल्लेख भएका विषयवस्तुले समग्र गाउँपालिकाको शिक्षा सुधारमा सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । विज्ञहरूको समूहले निर्माण गरेको […]

राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

अर्थ राजनीति ~ संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको पेश गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत गर्नुभएको संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । सो अवसरमा […]