भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प

अर्थ राजननीति ~  भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । […]

‘बैंकसँग ढुक्क भएर तरलता छ भन्ने अवस्था छैन’ : नेपाल बैंकर्स संघका अध्यक्ष केसी

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरूमा ढुक्क भएर तरलता छ भन्ने अवस्था अझै नरहेको बताएका छन् । मंगलबार संघले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष केसीले बैंकहरूसँग लगानीयोग्य स्रोत केही मात्रामा रहे पनि अधिक तरलताको अवस्था भने नरहेको प्रष्ट पारेका हुन् । एक साउनदेखि सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत […]

एमालेका अध्यक्ष ओली : ‘सरकारले जनतालाई ढाँटेको छ ’

अर्थ राजनीति    ~    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पूर्ण कार्यान्वयन सुरु हुन लागेकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् । १२ बुँदे व्याख्यात्मक घोषणा गरेर नेपाली जनतालाई तत्कालीन  प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले ढाँटेको आरोप लगाएका हुन् । सिरहामा आजदेखि आयोजना […]

अर्थतन्त्रमा चरम निराशा: कर्जा विस्तार ४२ वर्षयताको कमजोर

अर्थ राजनीति  ~  नेपालमा कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको पहिलोपटक होइन । कोभिड–१९ भन्दा अगाडि पनि कर्जाको भारित औसत ब्याजदर १२ प्रतिशत माथि पुगेको थियो । अहिलेकै स्तरमा ब्याजदर हुँदा त्यसबेला कर्जा विस्तार पनि उत्साहजनक नै थियो ।आर्थिक वर्ष २०७५/७६ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १९.४ प्रतिशतले विस्तार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक […]

‘पोखरा विमानस्थल सञ्चालनमा आइसक्यो, अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटक भएनन्’

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन व्यवसायीले माग गरेका छन्।विमानस्थल सञ्चालनमा आएको आठ महिना बितिसक्दा समेत एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै व्यवसायीले उक्त माग राखेका हुन्। विमानस्थल जनवरी १ देखि सञ्चालनमा छ।प्रधानमन्त्री प्रचण्ड आगामी सेप्टेम्बर २१ देखि चीन भ्रमणमा जाँदैछन्। […]

ओलीको चुनौती गिरीबन्धु टि स्टेट, वाइडबडी, यती र ओम्‍नीको छानबिन गर्नू

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । एमालेबाट निर्वाचित काठमाडौंका जनप्रतिनिधिहरुलाई साेमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई यस्तो चुनौती दिएका हुन् । उनले गिरीबन्धु टि स्टेट, वाइडबडी, यती होल्डिङ्स र ओम्नी जस्ता ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिए । सरकारलाई यस […]

‘अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन’ : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका बताए । त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको उनको दाबी छ । दबाबरहित […]

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

अर्थ राजनीति ~ एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् । गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा भन्नाले […]

पर्यटनमार्फत रु एक करोड आम्दानी

अर्थ राजनीति ~  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय […]

प्रतिनिधि सभाको बैठक आजपनि बस्दै

अर्थ राजनीति ~ संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ । बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रत्विेदन २०७८/०७९ पेस गर्ने कार्यसूची रहेको छ ।