” भ्रष्टीकरणले नेता, कार्यकर्तासँगै देश बिग्रियो ” : माधव नेपाल

Artharajniti  ~ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टीकरण मौलाएको बताएका छन् । वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका हुन् । ‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । पार्टीका नेता, कार्यकर्ता, समाज र देश […]

कान्तिपुर र पशुपति सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ

Artharajniti  ~  प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष  चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो। सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार […]

” ६ % को आर्थिक वृद्धिका लागि कम्तीमा ११ % ले कर्जा विस्तार हुनुपर्छ ” : अध्यक्ष केसी

Artharajniti  ~  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिका लागि कम्तीमा ११ प्रतिशतले कर्जा लगानी वृद्धि हुनुपर्ने बताएका छन् । चालू आर्थिक वर्षको ९ महिनाको स्थितिमा निजी क्षेत्रको कर्जा प्रवाह ४.३ प्रतिशत मात्र रहेकोमा यसलाई थप विस्तार गर्ने नीति चाहिने उनले बताए । आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटको […]

” बजेटमा वित्तिय क्षेत्र सुधार कार्यक्रम आउनु सकारात्मक ” : डेपुटी गभर्नर मिश्र

Artharajniti  ~  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्त्वपूर्ण भएको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उक्त कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले बताए। ‘बजेटमा यस्तो नीति […]

” माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti   ~  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । आज बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो […]

बालेनविरुद्ध सडक विभागको ‘एक्सन’

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध सडक विभागले ‘एक्सन’ लिएको छ । बुधबार काठमाडौँ महानगरलाई पत्र लेख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अनुरोध गरेको छ । यसअघि मेयर शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गर्दै सडक सुपरिवेक्षण तथा […]

कैलाश सिरोहियालाई छोड्यो हाजिर जमानीमा

Artharajniti   ~  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा छुटेका छन्। उनलाई अब अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भन्दै प्रहरीले हाजिर जमानीमा छोडेको सिरोहियाका वकिल रमण कर्णले  बताए। ‘सरकारी वकिल कार्यालय धनुषाको अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो,’ कर्णले भने। उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको […]

“कांग्रेसको विरोध औचित्यहीन ” : उपसभापति डा. वाग्ले

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा कांग्रेसको विरोध औचित्यहीन भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लले संसद्‌मा कांग्रेसले गरिरहेको अवरोधलाई औचित्यहीन भएको बताएका हुन् । नेपाली कांग्रेसले सहकारीको विषयलाई उठाएर समाधानभन्दा पनि संसद्को ओझ, गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोप वाग्लेले लगाए । ‘६५ वर्ष अगाडि नेपाली […]

मंगलबार दिउँसो १ बजे बजेट भाषण

Artharajniti  ~  सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे […]

युद्धविराम घोषणाका लागि पुटिनको सर्त

Artharajniti  ~ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हप्ता युक्रेनसँग वार्ताको लागि संकेत दिन सक्ने बताइएको छ । उनले अहिलेसम्म रसियाले युद्ध जितेको स्थानलाई सीमा क्षेत्र मानेर युद्धविरामको प्रस्ताव राख्न सक्ने उनी निकट स्रोतले जनाएको छ । पुटिनले रसियाको युक्रेनसँगको युद्ध ‘फ्रिज’ गर्न खोजेको र अहिलेसम्म रसियाले लिएको भू–भाग विजय घोषणा गर्नका लागि पर्याप्त भएको पुटिन […]