युद्धविराम घोषणाका लागि पुटिनको सर्त

Machchapuchchre

Artharajniti  ~ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हप्ता युक्रेनसँग वार्ताको लागि संकेत दिन सक्ने बताइएको छ । उनले अहिलेसम्म रसियाले युद्ध जितेको स्थानलाई सीमा क्षेत्र मानेर युद्धविरामको प्रस्ताव राख्न सक्ने उनी निकट स्रोतले जनाएको छ । पुटिनले रसियाको युक्रेनसँगको युद्ध ‘फ्रिज’ गर्न खोजेको र अहिलेसम्म रसियाले लिएको भू–भाग विजय घोषणा गर्नका लागि पर्याप्त भएको पुटिन निकट स्रोतहरूले बताएका छन् । रसियाले अहिलेसम्म युक्रेनको १८ प्रतिशत भू–भाग ओगटेको छ । जसमा डोनेत्स्क, लुहान्स्क, जापोरिजाहिया, र खेर्सन रहेका छन् । उनले युक्रेन तथा पश्चिमा मुलुकहरूले प्रतिक्रिया नजनाएमा युद्ध जारी राख्ने समेत जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्