नेकपा बैठक: प्रधानमन्त्री पक्षमा रहेको अमेरिकी सहायताको ‘विपक्षमा’ नेताहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍को हिउँदे अधिवेशनबाट अनुमोदन गराउन चाहेको भनिएको अमेरिकी आर्थिक सहायतासम्बन्धी एउटा सम्झौताको विपक्षमा उनकै दल नेकपाका नेताहरू देखिएका छन्। पार्टीको स्थायी समितिको बैठकमा नेताहरू भीम रावल र देव गुरूङले त्यसको विपक्षमा मत राखेको नेताहरूले जनाएका छन्। अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम […]

बलात्कारमा भारतीय जनता पार्टीका पूर्वसांसद दोषी ठहर

एजेन्सी । भारतको सत्तारूढ भारतीय जनता पार्टीबाट उत्तर प्रदेशको विधानसभामा निर्वाचित एक नेताले एक किशोरीको बलात्कार गरेको अदालतले ठहर गरेको छ। सन् २०१७ मा घटना हुँदा ती पीडित किशोरी १७ वर्षकी मात्र थिइन्। बालबालिका संरक्षण कानुनअन्तर्गत कुलदीप सिंह सेङ्गरलाई मुद्दा चलाइएको थियो। गत वर्ष ती पीडित किशोरीले प्रहरीले कारबाही नगरेको आरोप लगाउँदै आत्मदाह गर्न खोजेपछि […]

विद्या भट्टराईले लिइन् सांसदको शपथ

काठमाडौं । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो । सभामुख नभएका […]

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको शपथ आज

काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ […]

स्थानीय विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा स्थानीय पूर्वाधार कार्यक्रम खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रतिनिधिसभाका सांसद प्रकाश रसाइली स्नेही, रङ्गमती शाही र राष्ट्रियसभाका सांसद प्रकाश पन्थले आज रिट दायर गरेका हुन् । रिट निवेदनमा सांसदलाई वितरण गर्ने रकम संविधानको मर्म विपरित भएको उल्लेख छ । मुलुकमा संविधान जारी भएर सङ्घीयताअनुरुप स्थानीय तहसमेत भइसकेको […]

कालापानी जाऔं अभियान चलाउदै क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले भारतले जारी गरेको नयाँ नक्शाको विरोधमा कालापानी जाऔं अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको मंसिर २६ देखि २९ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूमि समेटिएको भन्दै त्यसको विरोधमा चरणवद्ध आन्दोलन घोषणा गरेको छ । आन्दोलनको तेस्रो चरणमा पार्टीको मोर्चा […]

जडिबुटी खोज्न जाँदा बेपत्ता भएका जना सकुशल घर फिर्ता

जुम्ला । जडिबुटी संकलनका लागि जंगल गएका बेला हिउँ परेर बेपत्ता भएका १३ जना व्यक्ति सकुशल घर फर्किएका छन् । बिहीबार राति जंगलतर्फ गएका जुम्लाको तिला गाउँपालिका–९ शेरा फूलबारीका १३ जना सकुशल घर फर्किएका हुन् । जडिबुटी संकलनका लागि १४ जना जंगल गएकोमा १ जना वीनबहादुर बोहोराको भने हिमपातमा परेर मृत्यु भएको खबर प्राप्त भएको […]

विशेष समितिको प्रस्ताव – प्रदेश ५ को नाम ‘लुम्बिनी’

बुटवल । प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव भएको छ। स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको हो। समितिका संयोजक दीपेन्द्रकुमार पुनले प्रदेशका १२ वटै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी सिफारिस गरिएको बताए। समितिले प्रदेशको स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि […]

नेकपा अध्यक्षद्वयको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले

काठमाडौँ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकीकरणमा भएको ढिलाइका कारण पार्टीमा गुटहरू झाँगिँदै जाँदा सरकारको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेका छन् । एक वर्षपछि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार सुरु भएको स्थायी समिति बैठकमा दुवै अध्यक्षका तर्फबाट दाहालले पेस गरेको प्रतिवेदनमा पार्टी अन्योलग्रस्त रहेको समेत बताइएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ […]

जुम्लामा जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

जुम्ला । जिल्लाको तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएका छन् । उनीहरु सम्पर्कविहिन भएपछि यता गाउँमा आफन्तहरुको रुवाबासी चलेको छ । ढिपुगाउँबाट पाटन पुग्न करिब दुईदिन लाग्ने उनले बाटाका छन् […]