सभामुख चयनको सकसले ओली–प्रचण्ड सम्बन्ध बिग्रियो

काठमाडौं । सभामुख चयनका विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच देखिएको असमझदारीले नेकपा उल्झनमा परेको छ । नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्षबीच कसलाई बनाउने भन्ने विषयमा सहमति नभएको र सचिवालय निर्णय गर्दा पनि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएपछि समस्या थप जटिल बनेको […]

चीनलाई ताइवानी राष्ट्रपतिको चेतावनी – हमला गर्न खोजे महँगो मूल्य चुकाउनपर्ला

काठमाडौं । ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले ताइवानमाथि हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । उनले “वास्तविकताको सामना गर्न” तथा “ताइवानप्रति सम्मान दर्शाउन” आवश्यक रहेको बीबीसीलाई बताएकी छन् बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी थिइन् । चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइवानमाथि आफ्नो […]

माघेसंक्रान्तिले राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् – राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसंक्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षाेल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छिन् । मकर संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक […]

माघे संक्रान्तिले समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गरोस् – प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माघे संक्रान्ति पर्वले आपसी सदभाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् कामनासमेत गरेका छन् । विविधता भित्रको एकता […]

लिबियामा युद्धविराम गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

एजेन्सी । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानका लागि आवश्यक वातावरण निर्माण गर्न र युद्धविरामका लागि लिबियाको संकटका सबै पक्षलाई तयार पार्ने वातावरण निर्माण गर्न आग्रह गरेको बताइएको छ । लिबियामा बढ्दै गइरहेको संकटका बारेमा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले केही […]

जंगली जनावरको मात्र सुरक्षा गर्ने ऐन संशोधन हुन्छ : प्रचण्ड

चितवन । नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्ज सम्बन्धी ऐन संशोधन हुने बताएका छन् । यो ऐनले जंगली जनावरको मात्रै सुरक्षाको कुरा गरेको तर जनताको सुरक्षामा कम ध्यान दिएको प्रचण्डको भनाइ छ । माडीमा सोमबार आयोजित खिचरा महोत्सवमा बोल्दै प्रचण्डले भने, ‘म यो खिचरा महोत्सवमा आउने समय भएर चाहिँ आएको होइन, ‘काठमाडौंमा तपाईंहरुले देख्नुभएको छ, केन्द्रीय […]

भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउदै

काठमाडौँ । भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ । डिसेम्बरबाट मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनयमोहनलाई नेपाल पठाउन लागेको हो । मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको डिसेम्बरबाट ३ वर्षे कार्यकाल सकिएको थियो । विनयमाेहन अहिले फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन्। उनी भारतीय विदेश […]

उपसभामुखबाट राजीनामा दिन शिवमाया तुम्बाहाङ्फेलाई नारायणकाजी श्रेष्ठको सुझाव

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन सुझाएका छन्। लमजुङमा पत्रकारहरुसँग कुराकानी गर्दै श्रेष्ठले उपसभामुख तुम्बाहाङ्फेको दावी भने सही रहेको बताए। उपसभामुख तुम्बाहाङ्फे नै पनि सभामुख बन्न सक्ने उनले खुलासा गरे । ‘उपसभामुखले दावी गर्ने हक राख्नुहुन्छ, श्रेष्ठले भने, ‘सभामुख उहाँ बन्ने हो भने पहिला पार्टीले पाउने बाटो तयार हुनुपर्छ। […]

ओमानका सुल्तानको निधनमाप्रति नेपालद्वारा समवेदना व्यक्त

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विनतारिक विनताइमुर विनअल सइदको निधनप्रति नेपालको तर्फबाट समवेदना प्रकट गरेका छन् । मन्त्री पुनले नेपालका तर्फबाट ओमानको सरकार तथा जनताप्रति समवेदना प्रकट गरेका हुन् । अन्तर्राष्ट्रिय नवीरकणीय उर्जा संघ (आइरिना) को १०औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबीमा रहेका मन्त्री पुन त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर […]

अस्ट्रेलियामा लागेको डढेलोको धुवाँले पृथ्वी घुम्छ – नासा

काठमाडौं । अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले जनाएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको बीबीसीले उल्लेख गरेको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा […]