उपसभामुखबाट राजीनामा दिन शिवमाया तुम्बाहाङ्फेलाई नारायणकाजी श्रेष्ठको सुझाव

Machchapuchchre

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन सुझाएका छन्। लमजुङमा पत्रकारहरुसँग कुराकानी गर्दै श्रेष्ठले उपसभामुख तुम्बाहाङ्फेको दावी भने सही रहेको बताए। उपसभामुख तुम्बाहाङ्फे नै पनि सभामुख बन्न सक्ने उनले खुलासा गरे ।

‘उपसभामुखले दावी गर्ने हक राख्नुहुन्छ, श्रेष्ठले भने, ‘सभामुख उहाँ बन्ने हो भने पहिला पार्टीले पाउने बाटो तयार हुनुपर्छ। उहाँ नै हुन सक्नु होला तर उहाँ उपसभामुख भएर त हुन्न। उहाँले राजीनामा दिएपछि पार्टीले निर्णय गर्छ।’

प्रवक्ता श्रेष्ठले तुम्बाहाङ्फे पार्टीबाट सभामुखको सशक्त दाबेदार भएको खुलासा पारे। ‘पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिन्छ। तर हाम्रो पार्टीले नपाउने स्थिति बनाउनु पार्टीको हित चाहनेलाई उपयुक्त कुरा होइन’ श्रेष्ठले भने। अर्को एक प्रश्नमा श्रेष्ठले पार्टीभित्र सांगठनिक एकीकरण पुरा नभएको अवस्थामा पूर्व माओवादी र पूर्व एमाले भन्ने रहने पनि खुलासा गरे।

तर पार्टीभित्र पूर्व समूहको अवशेष मेटाउने र पार्टी एक बनाएर जान छलफल भैरहेको उनको भनाइ छ। राष्ट्रिय सभाको आगामी माघ ९ गते हुने निर्वाचनको उम्मेद्वार रहेका श्रेष्ठ हाल स्थानीय तहका प्रमुख÷उपप्रमुखसँग भोट माग्न गण्डकी प्रदेशका जिल्लाहरुको भ्रमणमा छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्