(नेकपा) दाहाल–माधव पक्षका अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगे

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी(नकेपा) दाहाल–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेका छन् । अध्यक्ष दाहालले आइतबार सर्वोच्च अदालतमा पुगेर आफूमाथि लागेको अवहेलनाको मुद्दामा लिखित जवाफ पेश गरेका हुन् । सर्वोच्चमा जवाफ पेश गरेपछि अध्यक्ष दाहालले सर्वोच्च अदालतको मानहानी हुने खालको कुनै अभिव्यक्ति नदिएको र आफूमाथि लगाइएको आरोप गलत […]

राजनैतिक अन्योल : संकटको समाधान नेकपाकै हातमा

अर्थ राजनीति ~  सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछिको अवस्था झन अन्यौल देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणागरेअनुसार अदालतबाट संसद विघटन सदर भइदिएको भए अहिले निर्वाचनको तयारीमा दलहरु जुटिरहेका हुने थिए । असन्तुष्ट पक्ष भने यति बेला सडक आन्दोलनमा हुन्थे  तर अहिले अवस्था फरक छ । शीर्ष नेताहरु नयाँ […]

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

अर्थ राजनीति  ~  कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको खबर छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो भने आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको देखिएको छ । पूर्वमन्त्री जोशीलाई बिहान […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री बीच आज भेट

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा बीच आज  भेटवार्ता भएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच निवास शीतलनिवासमा बिहीबार साँझ भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ। सर्वोच्चको फैसलापछिको देशको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शितलनिवास पुगेको हुन् […]

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

अर्थ राजनीति  ~ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री […]

सुरक्षा अवस्थाको समीक्षा गर्दै सुरक्षा परिषद्को बैठक सकियो

अर्थ राजनीति  ~ मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न नियमित बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर […]

दाहाल-नेपाल समूहको जिल्ला नेतृत्व चयन

अर्थ राजनीति  ~  दाहाल नेपाल समूहको नेकपाले देशका ६८  जिल्लाको नेतृत्व चयन गरेको छ । संसद विघटनपछि विभाजित बनेको दाहाल नेपाल समूहले विभिन्न  जिल्लामा नेतृत्व चयन गरेको हो । दाहाल र नेपाल दुबैले समान हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेपछि  जिल्लाले अध्यक्ष र सचिव पाएको छ । दाहाल नेपाल समूहले जारी गरेको सूची अनुसार अहिलेसम्म […]

औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री आज कञ्चनपुरमा

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली आज औद्योगिक क्षेत्रको शिलान्यास गर्न  सुदूरपश्चिम प्रदेशको कञ्चनपुर गएका  हुन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । कञ्चनपुरको वेदकोट–२ र ३ मा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो । शिलान्यास […]

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुनः परीक्षणको काम हुदै

अर्थ राजनीति  ~  बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न आज खानेपानी मन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने अनुमान छ । गत २९ असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित […]

खरिद गरिएको कोरोना विरुद्धको खोप आज आउदै

अर्थ राजनीति  ~  नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको छ । सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको छ । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे […]