के अब कांग्रेसले दिन्छ त अर्को निकास ?

अर्थ राजनीति  ~  वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केही नेताहरूको इच्छा अनुसार नेपाली कांग्रेसले सरकार बनाउने अग्रसरता लिने भएको छ । हुन त यो खबर जानकारीमा आउँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कानूनी रूपमा बहुमतमै छ । नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता नलिएसम्म बहुमतमै रहनेछ । माओवादी केन्द्रले अहिलेसम्म त्यस्तो निर्णय गरेको छैन । […]

नेपाल प्रहरीमा महिला अधिकृतको उपस्थिती बढ्दो

अर्थ राजनीति  ~  पछिल्लो समय नेपाल प्रहरीमा महिला अधिकृतको संख्या बढ्दै गएको छ । आजसम्म प्रहरी संगठनको नेतृत्वमा महिला पुग्न सकेका छैनन् तर प्रहरी निरीक्षक पदमा खुल्ला तर्फबाट १४ जना महिला अधिकृतले प्रवेश नियुकि्त लिएका हुन् । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पद विभागीयतर्फका १ सय १३ जना र खुल्ला तर्फ ३६ जना […]

आईएमई रेमिट : सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी

अर्थ राजनिति  ~  आईएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहीबार आयोजित एक विशेष समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो सम्मान प्रदान गरेका हुन् । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने […]

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुल गर्न सरकारलाई लेखा समितिको निर्देशन

अर्थ राजनीति  ~   संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरु बीचको विवाद छानविन गर्न बनेको उपसमितिको प्रतिवेदनलाई नै पास गर्दै लेखा समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । लेखा समिति सदस्य तथा कांग्रेस […]

बागलुङ वितरण केन्द्रले लाइन काटेर बक्यौता उठाउँदै

अर्थ राजनीति  ~  नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो । धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण […]

प्रधानमन्त्रीको ध्यान मध्यावधि निर्वाचनमा केन्द्रित हुदै

अर्थ राजनीति  ~   प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ। सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् । माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन्। […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजेका बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो । अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिनुभयाे। बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार […]

मुख्यमन्त्री भट्ट द्वारा विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिन आग्रह

अर्थ राजनीति  ~  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए । “पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर […]

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै , सरकारबारे छलफल हुने

अर्थ राजनीति  ~  नयाँ सरकार गठनबारे अलमलमा देखिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न महाधिवेशनको कार्यातालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्ने औपचारिक एजेण्डा छ तर बैठकमा सरकारकै मुद्दाले […]

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए ८१ हजार बढी संक्रमित

अर्थ राजनीति  ~  भारतमा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको […]