प्रधानमन्त्री ओलीको विकल्प खोज्न सक्रिय हुने माओवादी केन्द्रको निर्णय

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सक्रिय हुने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ‌ओली संसद भंग गर्दै संविधान मास्न उद्धत रहेकाले उनको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।’प्रधानमन्त्रीको कदम संसद भंग […]

नेपाल समूहका सांसदले राजीनामा नदिने तर संसदमा अनुपस्थित हुने

अर्थ राजनीति   ~  नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको छ  तर उनीहरुले पार्टी अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत भने नदिने भएका छन् । २ जेठ २०७५ को पार्टी संरचनामा फर्किने र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउने प्रतिवद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दिएको ‘डेडलाइन’ सकिएपछि सोमबार सिंहदरबारमा […]

एमाले प्रमुख सचेतक भन्छन्, ह्वीप उल्लंघन धेरै सिरियस कुरा

अर्थ राजनीति  ~  एमालेका प्रमुख सचेतक विशाल भट्टराईले ह्वीप उल्लंघन गर्ने सांसदलाई पार्टी नियमअनुसार कारवाही हुने बताएका छन् । तर उनले बैठकमा उपस्थित नहुने भनेर माधव पक्षका सांसदहरुले निर्णय गरेपनि उनीहरुको निर्णयको कुनै भर पर्न नसकिने बताए । उहाँहरुका निर्णय धेरै खारेज हुँदै आएका छन् । हिजो राजीनामा दिने भन्नुभयो । आज बैठकमा उपस्थित नहुने […]

ओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई साथ दिने नेपाल पक्षको निष्कर्ष

अर्थ  राजनीति  ~   नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेको छ। त्यसका लागि बन्ने गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालिएको सांसद मेटमणि चौधरीले रातोपाटीलाई […]

माधव नेपाललाई भेट्न विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदरबार पुगे

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार आएका छन् । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न समय लिएका थिए तर नेता […]

कांग्रेसको नेतृत्वमा सरकार बनाउन छलफल गरिरहेका छौं : डा. महत

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि छलफल गरिरहेको बताएका छन् । यसका लागि दलहरुसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको उनले बताए । आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको भन्दै […]

भोलि, ओलीले विश्वासको मत लिन नसके राजनीतिले कुन मोड लिन्छ

अर्थ राजनीति  ~  सरकारले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा पर्ने सम्भावना देखे फेरि पनि संसद विघटन गर्न सक्ने आशंका गर्न थालिएको छ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि भोलि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएको छ । पूर्वनिर्धारित कार्यक्रम […]

ओली नसुध्रिएपछि सांसदबाट राजीनामाको विकल्प भएन : माधव नेपाल

अर्थ राजनीति  ~  एमाले नेता माधकुमार नेपालले अध्यक्ष केपी ओली नसुध्रिएपछि राजीनामाको विकल्प नभएको बताएका छन्। नेता नेपालले आइतबार राजीनामा दिने तयारी रहेको बताए। ‘ओलीजीलाई सुधार्ने प्रयास असफल भयो। उहाँले लचकता नदेखाएपछि हामीसँग अन्य विकल्प भएन’, उनले भने। नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी नब्युँतिने भएपछि नेपाल समूहका २३ सांसदले राजीनामा पत्रमा  हस्ताक्षर गरेका छन् । नेपाल […]

मुख्यमन्त्री पोखरेल विरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

अर्थ राजनीति  ~  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले आइतबार मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव  दर्ता गरेका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावमा ४० सांसदको हस्ताक्षर छ । यसअघि पनि कांग्रेससहितका चार […]

कांग्रेस सभापति देउवासँग ठाकुर र महतोले गरे वार्ता

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए । ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै […]