एमाले प्रमुख सचेतक भन्छन्, ह्वीप उल्लंघन धेरै सिरियस कुरा

Machchapuchchre

अर्थ राजनीति  ~  एमालेका प्रमुख सचेतक विशाल भट्टराईले ह्वीप उल्लंघन गर्ने सांसदलाई पार्टी नियमअनुसार कारवाही हुने बताएका छन् । तर उनले बैठकमा उपस्थित नहुने भनेर माधव पक्षका सांसदहरुले निर्णय गरेपनि उनीहरुको निर्णयको कुनै भर पर्न नसकिने बताए । उहाँहरुका निर्णय धेरै खारेज हुँदै आएका छन् । हिजो राजीनामा दिने भन्नुभयो । आज बैठकमा उपस्थित नहुने भन्नुभएको छ । त्यसैले पहिला उहाँहरु बैठकमा आउनुहुन्छ, हुँदैन त्यसपछि कारवाही वा अरु प्रक्रियाको कुरा हुन्छ । पहिला हेरौँ बैठकको स्थिति’, नेता भट्टराईको भनाइ छ । उनले  संसदीय व्यवस्थामा ह्वीप उल्लंघन गर्नु भनेको धेरै सिरियस कुरो भएको पनि बताए । ‘संसदीय व्यवस्थामा ह्वीप उल्लंघन भनेको धेरै सिरियस कुरा हो । तर बैठक बस्न बाँकी नै छ । त्यसपछि देखाजाएगा । अहिले चाहिँ बैठक हेरौँ न बैठक ।’माधव नेपाल समूहले आफ्ना माग सम्बोधन नगरेकाले ओलीको पक्षमा मतदानमा सहभागी नहुने निर्णय गरेको छ । त्यस्तै भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्वीप नै अवैधानिक भएको भन्दै त्यस्तो ह्वीपको कुनै अर्थ नभएको पनि बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्