प्रधानमन्त्री ओलीको विकल्प खोज्न सक्रिय हुने माओवादी केन्द्रको निर्णय

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सक्रिय हुने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ‌ओली संसद भंग गर्दै संविधान मास्न उद्धत रहेकाले उनको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।’प्रधानमन्त्रीको कदम संसद भंग गरेर संविधानलाई विस्थापित गर्नेतर्फ केन्द्रित छ । उनको विकल्प खोज्नैपर्ने निष्कर्ष हामीले निकालेका छौँ । संसदमा उनको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ गुरुङले भने । प्रधानमन्त्रीको विश्वासको मतको प्रस्ताव टुंगो लागेपछि गठबन्धन सरकार निर्माणका लागि सक्रिय हुने बैठकले निर्णय गरेको उनले बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्