माधव नेपाललाई भेट्न विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदरबार पुगे

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार आएका छन् । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न समय लिएका थिए तर नेता नेपालले भने स्थायी कमिटी बैठकमा बसिरहेको र त्यसपछि सांसदहरुसँग बैठक सकेर भेट्न सकिने जवाफ दिएका स्रोतले बताएको छ तर पौडेल र नेम्वाङले सांसदहरुको बैठकअघि नै भेट्न जोड दिएका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि भोलि संसद्को विशेष अधिवेशन बोलाइएको छ । त्यसअगाडि नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामाको तयारी गरेका छन् । २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा ओली फर्कन तयार नभएमा विश्वासको मत दिनु अगाडि नै राजीनामा दिने तयारी यो समूहले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्