विमलेन्द्र, शशांक र प्रकाशमानबीच आज फेरी मिटिङ हुदै

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाएको हो । उपसभापति […]

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

अर्थ राजनीति  ~  बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा युनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज मात्रै सो […]

सरकारले साउनबाट इम्बोस्ड नम्बर अनिवार्य गर्दै

अर्थ राजनीति  ~  सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण […]

कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने देउवाको भनाइ

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन्। सोमबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने भन्ने नै गर्ने बताए। ‘कोभिड १९ विरुद्धको खोप जसरी पनि उपलब्ध गराउँछौं। हाम्रो सरकार बनेपछिको पहिलो निर्णय नै […]

आजबाट निषेधाज्ञा थप खुकुलो गर्दै पुनः एक साता थप

अर्थ राजनीति  ~  काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजबाट  थप खुकुलो पारिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (२ जना) बाहेकका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य […]

सभामुखले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् । सभामुख सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै आएका छन् । त्यसैगरी, अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि सभामुख सापकोटाले विरोध गर्दै […]

विपक्षी गठबन्धनको हातमा सत्ता पुगे चुनाव हुँदैन : प्रधानमन्त्री ओली

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनका हातमा सत्ता पुगे उनीहरुले कहिल्यै चुनाव नगर्ने बताएका छन् । सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले गरेका कार्यक्रममा प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनका नेताहरुले आफुलाई संविधान च्यातेर उल्टो स्याल हुइँया मच्चाएको आरोप लगाए । ‘संविधान च्यात्ने दिशामा उहाँहरु जानु हुन्छ ,उल्टो हल्ला गर्नुहुन्छ । स्याल हुया मच्चाउनुहुन्छ केपी […]

असार १७ गतेदेखि आन्तरिक उडान तयारी

अर्थ राजनीति  ~  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ । विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान सङ्ख्याका आधार १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको […]

संसद् विघटन विरुद्ध पाँच विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्ने

अर्थ राजनीति  ~  विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरुद्ध तथा संसद् पुनर्स्थापनाको माग गर्दै असार १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी […]

एमाले बचाऊ अभियान : १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

अर्थ राजनीति  ~  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्को रूपमा उठिरहेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह […]