आजबाट निषेधाज्ञा थप खुकुलो गर्दै पुनः एक साता थप

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजबाट  थप खुकुलो पारिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (२ जना) बाहेकका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारी पास लिई आएका बाहेक अन्य सवारी साधन काठमाडौँ जिल्ला भित्र प्रवेशमा रोक लगाउने छ । अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सिफरिस सहित जिल्ला प्रशासन कार्यालमा निवेदन पेश गरेमा अन्तर जिल्लामा आवत जावत गर्न सहजीकरण गरिने छ। घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तिमा २ मिटरको भौतिक दूरी कायम राखी  अनिवार्य रुपले माक्सको प्रयोग गर्नु पर्ने छ ।

शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने छ । वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थीहरुले इडिभी परेका व्यत्ति, र कुटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न सक्ने छ । भाषा परीक्षाको हकमा जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी सञ्चालन गर्न सकिने छ । उद्योग तथा कलकारखाना र सर्वाजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने छ । औषधी तथा स्वास्थ्य सामाग्री सम्बिन्धी पसल जुनसुकै समयमा सञ्चालन गर्ने,  खेलकुद सामाग्री पसल, स्टेशनरी, पुस्तक पसलहरु साँझ ६ः ०० सम्म संञ्चालन गर्न पाउने छ । डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, खेलकुद सामाग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग, सुन पसल, भाडा पसल, विद्युतिय घरायसी सामाग्री, अटोमोबाइल शोरुम, इलेक्ट्रोनिक पसल, निर्माण सामाग्री लगायत अन्य पसल बिहान ११ः बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।

तेस्तै , अन्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न र  सवारी साधन मर्मतका लागि वर्कशपहरु साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ । विवाह वर्तबन्धको हमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा गर्न पाइने छ ।निजी सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ। भ्यान, कार, जीपमा बढीमा चार जना र ट्याक्सीमा तीन जनासम्म सवार हुन पाउने । काठमाडौँ उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा विहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्