बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

Machchapuchchre

अर्थ राजनीति  ~  बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा युनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज मात्रै सो कम्पनीको कूल  आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो । अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा  सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोबारमा  सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको शेयर बिक्रीमा अधिक बिक्री चाप पर्यो । हिजो  बजार बन्द हुँदा सो कम्पनीको शेयर प्रतिकित्ता रु ७९० मा रोकिएको थियो । कारोवार समयसम्म माथिल्लो तामाकोशीको शेयरमा प्रतिकित्ता रु ११० को उतारचढाव देखिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा युनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्