विपक्षी गठबन्धनको हातमा सत्ता पुगे चुनाव हुँदैन : प्रधानमन्त्री ओली

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनका हातमा सत्ता पुगे उनीहरुले कहिल्यै चुनाव नगर्ने बताएका छन् । सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले गरेका कार्यक्रममा प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनका नेताहरुले आफुलाई संविधान च्यातेर उल्टो स्याल हुइँया मच्चाएको आरोप लगाए । ‘संविधान च्यात्ने दिशामा उहाँहरु जानु हुन्छ ,उल्टो हल्ला गर्नुहुन्छ । स्याल हुया मच्चाउनुहुन्छ केपी ओलीले संविधान च्यात्यो भनेर’, ओलीले भने, ‘जनताका बीचमा जाऊ भन्दा संविधान च्यातिन्छ ? चुनावै हुन नदिने परिस्थिति  बनाउन चाहन्छन् उहाँहरु। कथम् उहाँका हातमा भोली पुगेपनि चुनाव हुनेवाला छैन । कस्ता तत्वहरु छन् ?’ एमालेको बरिष्ठ नेता भन्दै एमाले ध्वस्त पार्ने, अनुशासनहिन अराजकताको नमुना माधव नेपाल रहेको आराेप पनि उनले लगाए । ‘दुनियाँका कुनैपनि राजनीतिक इतिहासमा माधव नेपाल जति अराजक र इमान नभएको मान्छे कोही छैन । मदनको विरोध गर्ने, विचारको विरोध गर्ने तर आज त यसो हेर्छु मदन भण्डारीका नाममा वक्तव्य आइरहेको छ’, ओलीको भनाइ छ । ओलीले मदन भण्डारीको विचारलाई लिएकोमा आफूलाई खुसी लागेको पनि बताए ।

साथै , नेकपा एमालेका अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरेका छन् । ७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले अरु नेताहरुसँगै प्रचण्डको चर्को आलोचना गरेका हुन् । प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको भन्दै उनले भने, ‘किन छक्क मान्ने ? छेपारोले रंग छिनछिनमा फेर्छ त !’

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्