क्यालिब्रेसन फ्लाइटले भैरहवा विमानस्थल शुक्रबारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द
अर्थ राजनीति ~ निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिब्रेसन शुक्रबारबाट सुरु हुने भएको छ। क्यालिब्रेसन फ्लाइट हुँदा भैरहवा विमानस्थलमा हुने दैनिक आन्तरिक उडान छ घण्टाको लागि बन्द हुने भएको छ। विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार फ्लाइट क्यालिब्रेसन हरेक दिन विहान १०:००-४:०० बजेसम्म गरिनेछ। प्रमुख दाहालले भने- ‘क्यालिब्रेसन सकिएलगत्तै नेपाल वायुसेवा निगमको […]
