एमाले संसदीय दलको बैठक बस्दै : महत्वपूर्ण निर्णय गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले महाअभियोग असफल पार्ने बताइसकेको छ । त्यसका लागि संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई आवश्यक निर्देशन दिने र अन्य महत्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित हुनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्