एमसिसी : आज कि एमसिसी टेबल कि गठबन्धन बिसर्जन

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले आज कि एमसिसी प्रतिनिधिसभामा टेबल हुने, नभए आजैदेखि गठबन्धन बिसर्जन हुने बताएका छन्। उनले भने, ‘आज गठबन्धनका सहयात्री दलले एमसिसी टेबल गर्न मान्छन् भन्ने विश्वास छ, कदाचित टेबल गर्न मानेनन् भने त्यहीबेला गठबन्धन बिसर्जन हुन्छ।’ आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे। एकीकृत नेकपा […]

अध्यक्ष ओलीसहित एमालेका नेताविरुद्ध अख्तियारमा उजुरी

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । अनेरास्ववियुले आज अख्तियारको केन्द्रीय कार्यालय टंगालमा सरकारमा रहँदा केपी शर्मा ओलीसहित  तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दी […]

देउवाकाे स्पष्ट सन्देश : ” एमसीसी शुक्रबार संसदमा टेवल हुन्छ “

अर्थ राजनीति  ~  अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति बन्ने अवस्था न्युन बन्दै गएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको देउवा र प्रचण्डबीचको बैठकमा दुवै नेता आफ्नो पुरानै अडानमा टसकामस भएपछि […]

आज सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक छलफल हुँने

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना (एमसीसी) स‌ंसदमा टेबल गरेर पारित गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज (बिहीबार) निर्णायक छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग दिउँसो ३ बजे बैठक बोलाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्ने तयारीमा रहेको सरकार […]

” याक एण्ड यती ” माथिको कारवाही फिर्ता लिन होटल संघ नेपालको माग

अर्थ राजनीति  ~  होटल संघ नेपाल (हान)ले पाँच तारे होटल याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटी कर नतिरेको विषयलाई लिएर याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् । अध्यक्ष […]

स्थानीय चुनावमा ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने

अर्थ राजनीति  ~  आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार चुनाव चिहृन प्रदान गर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा […]

” माओवादी र समाजवादीले निर्णय नलिएसम्म हामी बोल्दैनौं ” : जसपा

अर्थ राजनीति  ~  सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले एमसिसीबारे माओवादी र समाजवादी स्पष्ट नभएसम्म आफूहरू केही नबोल्ने बताएको छ। ‘सत्ता गठबन्धन भित्रै फरक धार आउँछ भने हामी यसबारे अहिले निर्णय गर्न सक्दैनौं, जसपा नेता मोहम्मद ईस्तियाक राईले भने,‘ सबैभन्दा पहिले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको धारणा स्पष्ट हुनुपर्‍यो।’ सत्तारूढ ठूलो दल नेपाली […]

एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए प्रधानमन्त्री देउवा

अर्थ राजनीति   ~  सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय […]

” एमसीसी पास गर्न कांग्रेसले नाफाघाटा हेर्दैन” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कांग्रेसले ‘नाफाघाटा’ नहेर्ने बताएक छन् । आज कांग्रेस संसदीय दलको आजको बैठकमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले क्षणिक लाभ वा हानिका आधारमा धारणा नबनाउने बताए । उनले भने, ‘हामीले नाफा घाटा हेरेर निर्णय गर्ने होइन । जे उचित हो त्यहि निर्णय गर्ने हो’, […]

विमानस्थलले यात्रुलाई छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य गर्यो !

अर्थ राजनीति  ~  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो […]