१३ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

अर्थ राजनीति  ~  नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो । सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी […]

” ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ ” : डब्लूएचओ

अर्थ राजनीति  ~  कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भनेक छन्  । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ । सम्पूर्ण युरोपलाई […]

व्यवसायमा कोभिड तेस्रो लहरको मार बढ्दै

अर्थ राजनीति  ~  कोभिड महामारीको पहिलो र दोस्रो लहरको मार खेपेको निजी क्षेत्रले तेस्रो लहर चलिरहँदा पनि सरकार गम्भीर बन्न नसकेको भन्दै गुनासो व्यक्त गरेको छ । कोभिडको तेस्रो लहरका कारण उत्पादन र उपभोग दुवै क्षेत्रमा असर बढ्दै गए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा निजी क्षेत्रको समस्यालाई अपेक्षित हेक्का नगरिएको भन्दै व्यवसायीहरुले चासो व्यक्त गरेका […]

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

अर्थ राजनीति  ~  १२ माघमा तय भएकाे राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगाबै मौन अवधि सुरु भएकाे छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेछ […]

गृहमन्त्री खाँणद्वारा मुख्यमन्त्री र प्रजिअ संग कुराकानी

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ संक्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका छन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमानाका जोडिएका र नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग त्यहाँको अवस्थाबारे […]

आयोगका सहप्रवक्ता धमला : ” जेठ ५ अघि नै स्थानीय चुनाव हुनुपर्छ “

अर्थ राजनीति  ~  निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ। स्थानीय तहको पदावधि सकिन लागेकाले आगामी जेठ ५ गते भन्दाअगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो। आइतबार मिडियासँगको कुराकानीमा आयोगका उपसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचनसम्बन्धी […]

वैकल्पिक माध्यमबाट पठनपाठन गराउन विद्यालयलाई निर्देशन

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस संक्रमण तीव्ररूपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि […]

जनतालाई सिटामोल छैन , मन्त्री क्वाटर सिंगार्न २४ करोड

अर्थ राजनीति ~ आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ । छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको […]

डा. भट्टराई : “१० महिनासम्म चुनावमा अल्झिनु कति उपयुक्त “

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चको बारे पुनर्विचार गर्न सुझाएका छन् । प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको उनले बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन् ,” चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ […]

विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन

अर्थ राजनीति  ~ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाको आधारभूत मान्यता राजसंस्था र हिन्दूराष्ट्र नै हटाउन पत्र लेख्दै आयोगले निर्देशन दिएको हो। एकता महाधिवेशनपछि बनेको राजेन्द्र लिङ्देन नेतृत्वको नयाँ कार्यसमितिले पुस १० गते निर्वाचन आयोगमा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अद्यावधिका लागि पठाएको विधानबाट राजसंस्था र […]